आइतबार, मंसिर १२ गते २०७८

गुण एयरलाइन्सको पोखरा-भरतपुर उडान सुरु 

विजनेस न्युज
गुण एयरलाइन्सको पोखरा-भरतपुर उडान सुरु 

गुणले भोलि बिहिवारदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा- नेपालगन्ज उडान सुरु गर्ने जानकारी दिएको छ। 

काठमाडौं- गुण एयरलाइन्सले आजबाट पोखरा बाट भरतपुर नियमित हवाई  उडान सुरु गरेको छ । 

images

क्षेत्रीय उडान विस्तारमा गुणले प्राथमिकता दिइरहेको छ। आन्तरिक पर्यटनलाई  प्रबर्द्धनमा सहयोग पुग्ने विश्वासका साथ एयरलाइन्सले उडान सुरु गरेको जानकारी दिएको छ। 

गुणले भोलि बिहिवारदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा- नेपालगन्ज उडान सुरु गर्ने जानकारी दिएको छ। 

दुइवटा बिचक्राफ्ट र  पाँच जेट्स्ट्रीमसहित कुल सात जहाजबाट  गुणले उडान गर्दै आएको छ।

 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०२:४२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ