बुधबार, मंसिर २० गते २०८०    

चिनियाँ मनोरञ्जन एप टिकटक बन्द गर्ने सरकारको निर्णय

images
बिजनेस न्युज
images
चिनियाँ मनोरञ्जन एप टिकटक बन्द गर्ने सरकारको निर्णय

पछिल्लो समय टिकटक संसारभर चर्चामा छ। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेगरि काम अघि बढाएको हो।

काठमाडौं- सरकारले नेपालमा टिकटक एप बन्द गर्ने निर्णय गरेको छ। मनोरञ्जन सेगमेन्टको सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको हो।

images
images
images

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम बढ्दै गएकाले त्यस्त गतिविधि नियन्त्रण गर्न त्यसलाई बन्द गर्ने निर्णय भएको सरकारले जनाएको छ।

images

पछिल्लो समय टिकटक संसारभर चर्चामा छ। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेगरि काम अघि बढाएको हो।

images

२०२२ मा टिकटक संसारमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा पर्न सफल भएको थियो। टिककट नै विश्व बजारमा सबैभन्दा धेरै रूचाइएको एपमा पर्दछ। 

images

अमेरिकालगायत केही देशले पनि टिकटको माथि प्रतिबन्ध लगाएका छन्। छिमेकी मुलुक भारतमा पनि टिकटको चलाउन पाइँदैन।

सरकारले केही समयअघि गेमिङ एप पबजी माथि पनि प्रतिबन्ध लगाइएको थियो। उक्त निर्णयको‌व्यापक बिरोध भएको र आदालतले प्रतिबन्ध नलगाउन आदेश दिएको थियो।


प्रकाशित : सोमबार, कात्तिक २७ २०८००८:०५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ