बुधबार, मंसिर २० गते २०८०    

१२ वाणिज्य बैंकले सहजै कर्जा दिनसक्ने, कुनमा पाइन्छ सस्तो ब्याजमा ऋण?

images
images
१२ वाणिज्य बैंकले सहजै कर्जा दिनसक्ने, कुनमा पाइन्छ सस्तो ब्याजमा ऋण?

असोज मसान्तसम्म पनि अधिकांश बाणिज्य बैंकको आधार दर उच्च रहेको छ। सीडी अनुपातमा दबाब नभएका बाणिज्य बैंकहरुको आधार दर तुलनात्मक रुपमा अन्य बैंकहरुको तुलनामा कम देखिएको छ।

काठमाडौं- अधिकांश वाणिज्य बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात सुविधाजनक अवस्थामा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासका लागि बाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणनुसार सीडी अनुपात गत वर्षको सोही अवधिको तुलनामा घटेको छ।

images
images
images

कर्जा निक्षेप अनुपात घटेकाले बैंकहरुले ब्याजदर घटाएर कर्जा प्रवाह गर्न सक्ने सुविधाजनक अवस्थमा देखिएका छन्। २० बाणिज्य बैंकमध्ये सबैभन्दा कम सीडी अनुपात स्टण्डर्ड चार्टर्ड बैंकको रहेको छ। राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकोमा यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७२.१५ प्रतिशत कायम गरेको छ।

images

गत वर्षको यसै अवधिमा बैंकको सीडी अनुपात ८३.९८ प्रतिशत रहेको थियो। यस्तै नेपाल बैंक लिमिटेडको सीडी अनुपातको आधारमा दोस्रो स्थानमा रहेको छ। यस बैंकको सीडी अनुपात ७३.८६ प्रतिशत रहेकाले यस बैंकले पनि सहजरुपमा कर्जा प्रवाह गर्न सक्ने देखिएको छ। यस्तै नेपाल एसबीआई बैंकको पनि सीडी अनुपात ७५.७६ र राष्ट्रिय बाणिज्य बैंकको ७७.४३ प्रतिशत रहेको छ।

images

यस्तै कृषि विकास बैंकको सीडी अनुपात ८०.४३ प्रतिशत, ग्लोबल आईएमई बैंकको ८१.१८ प्रतिशत, सिद्धार्थ बैंकको ८१.५९ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको ८२.७ प्रतिशत, एभरेष्ट बैंकको ९२.९८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८३.१२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८३.५६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.५६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३.८२ प्रतिशत, हिमालयन बैंकको ८४.३९ प्रतिशत र प्रभु बैंकको ८४.८८ प्रतिशत रहेको छ।

images

सीडी अनुपातका आधारमा सबैभन्दा बढी दबाबमा नबिल बैंक, कुमारी बैंक र एनएमबि बैंक रहेका छन्। २० बाणिज्य बैंकमध्ये सबैभन्दा कम कर्जा प्रवाह गर्नसक्ने क्षमता नबिलको रहेको छ। यस त्रैमाससम्म यस बैंकको कर्जा निक्षेप अनुपात ८६.६३ प्रतिशत रहेको छ। कर्जा प्रवाह गर्नसक्ने न्यून स्पेस भएको  अर्को बैंक एनएमबी बैंकको सीडी अनुपात ८६.३९ र कुमारी बैंकको ८६.०१ प्रतिशत रहेको छ। यी बैंकहरुको कर्जा निक्षेप अनुपातमा दबाब रहेकाले आगामी महिनाहरूमा निक्षेप बढाउनका लागि मुद्दती निक्षेपको ब्याजदर बढाउने सम्भावना देखिन्छ।

बैंकिङ प्रणालीमा करिब ५ खर्बको हाराहारीमा लगानीयोग्य रकम भएपनि उच्च ब्याजदरका कारण कर्जा प्रवाह हुन सकेको छैन। हाल बैंकहरुको औषत सीडी अनुपात ८१.७९ प्रतिशत रहेको छ। 

असोज मसान्तसम्म पनि अधिकांश बाणिज्य बैंकको आधार दर उच्च रहेको छ। सीडी अनुपातमा दबाब नभएका बाणिज्य बैंकहरुको आधार दर तुलनात्मक रुपमा अन्य बैंकहरुको तुलनामा कम देखिएको छ।

राष्ट्रिय बाणिज्य बैंकको आधारदर सबैभन्दा कम ८.३२ प्रतिशत रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैंक आधार दर ८.४२ प्रतिशत रहेको छ। यस्तै नेपाल बैंक लिमिटेडको ९.१९ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.२५ प्रतिशत, सानिमा बैंकको ९.२५ प्रतिशत, कृषि विकास बैंकको १०.३८ प्रतिशत, एनआईसी एसिया बैंकको १०.५६ प्रतिशत, ग्लोवल आईएमई बैंकको १०.०७ प्रतिशत, सिद्धार्थ बैंकको ९.५३ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको १०.६ प्रतिशत, प्राइम कमर्सियल बै्कको १०.६४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.८ प्रतिशत, माछापुच्छ्रे बैंकको १०.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९ प्रतिशत, हिमलायन बेंकको १०.८६ प्रतिशत, प्रभु बैंकको १०.१४ प्रतिशत, हिमालयन बैंकको १०.८६ प्रतिशत, कुमारी बैंकको १०.९१ प्रतिशत, एनएमबि बैंकको ९.८५ प्रतिशत र नविल बैंकको आधार दर ९.५८ प्रतिशत रहेको छ।

 बैंक कर्जा निक्षेप अनुपात आधार दर
२०८० , असोज २०७९, असोज २०८०, असोज  २०७९, असोज
स्टाण्डर्ड चार्टर्ड   ७२.१५ ८४ ८.४२ ९.२६
नेपाल बैंक ७३.८६ ८६.१४ ९.१९ ८.९२
नेपाल एसबिआई ७५.६३ ८४.५७ १०.२५ १०.२२
सानिमा ७६.९६ ८६.११ ९.७५ १०.५
राष्ट्रिय बाणिज्य ७७.४३ ८४.३६ ८.३२ ८.८५
कृषि विकास ८०.४३ ८८.६७ १०.३८ ९.८३
एनआईसी एसिया ८०.८९ ८४.३२ १०.५६ १०.६७
ग्लोवल आइएमई ८१.१८ ९०.५९ १०.०७ १०.१९
सिद्धार्थ ८१.५९ ८८.१ ९.५३ १०.४३
सिटिजन्स इन्टरनेशनल ८२.७ ८६.८६ १०.६ ११.१४
एभरेष्ट ८२.९८ ८६.४९ ९.७ ९.३
प्राइम कमर्सियल ८३.१२ ८८.४७ १०.६४ १०.९१
लक्ष्मी सनराइज ८३.४५ ८७.१२ १०.८ १०.६६
माछापुच्छ्रे ८३.५६ ८६.४४ १०.०१ १०.३६
नेपाल इन्भेष्टमेन्ट मेगा ८३.८२ ८६.१२ ९.९९ ९.१८
हिमालयन ८४.३९ ९०.४ १०.८६ १०.४३
प्रभु ८४.८८ ८४.३२ १०.१४ १०.५१
कुमारी ८६.०१ ८८.९५ १०.९१ १०.९९
एनएमबी ८६.३९ ८६.९४ ९.८५ १०.१५
नविल ८६.६३ ९०.३७ ९.५८ ९.४५


प्रकाशित : सोमबार, कात्तिक २७ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ