बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लार्केपासमा पर्यटकको लस्कर

बुधबार, कात्तिक २९ २०८०
लार्केपासमा पर्यटकको लस्कर

गोरखा- सूर्योदयअघि नै लाग्छ लार्केपासमा पर्यटकको लस्कर। विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१५६ मिटर) क्षेत्रको पदयात्रामा यही पास हो थप रोचक र साहसिक अनुभूति दिने। 

गोरखाको आरुघाट हुँदै जिपमा माछिखोला र त्यहाँबाट सुरू भएको पैदल जब लार्केपासतिर लाग्छ तब प्राकृतिक सुन्‍दरताको दृश्यपानसँगै डरमिश्रित ढुकढुकी बढ्छ। भौगोलिक विविधता अनुभव गरिरहेका आँखाअघि हिमालको भयङ्‍कर बाटोले स्वागत गर्छ। 

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो। त्यसयता विदेशी पर्यटकको स्वागतमा रहेको मनास्लु पछिल्ला केही वर्षदेखि भने स्वदेशी पर्यटकले पनि भरिपूर्ण छ। आर्थिक वर्ष २०७९/८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले पर्यटकबाट २ करोड २७ लाख ९७ हजार राजस्व संकलन गरेको थियो।

गोरखा सामागाउँ, स्याम्दो हुँदै धर्मशालामा बास बसी अर्कोदिन ५ हजार १ सय ६ मिटर उचाइको लार्के पास गरेर मनाङको भिमथाङ पुगिन्छ। आँखाभरि हिमाल देखिने पदयात्रामा चुम र नुब्रीको सुन्दर हिमाली गाउँबस्ती हुँदै लार्के पास गरिसक्दा विजयको अनुभूतिसमेत हुन्छ।

larke pass.jpg
larke pass (2).jpg
larke pass (3).jpg
larke pass (4).jpg
larke pass (5).jpg
larke pass (6).jpg
larke pass (7).jpg
larke pass (8).jpg
larke pass (9).jpg
larke pass (10).jpg
larke pass (11).jpg
larke pass (12).jpg
larke pass (13).jpg
larke pass (14).jpg


प्रकाशित : बुधबार, कात्तिक २९ २०८००६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend