मंगलबार, पुस २३ गते २०८१     १३ : ०८ : २४
मंगलबार, पुस २३ २०८१
images
images

भूकम्पले करिब एक करोड ९० लाखका पशुपक्षीको क्षति

images
शनिबार, कात्तिक २५ २०८०
images
images
भूकम्पले करिब एक करोड ९० लाखका पशुपक्षीको क्षति

भूकम्प प्रभावित जिल्लामा अहिले भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ।

images
images

काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रूपैयाँ बराबरका पशुपक्षीको क्षति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पक्षीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो।

images
images
images

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपक्षीको क्षति भएको बताए। उनका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख रूपैयाँ बराबरको क्षति भएको मूल्यांकन गरिएको छ। दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ।

images

उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ। कृषि बाली तथा पशुपक्षी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ। विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ। प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै  प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए।

images
images

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो। भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए।

मन्त्रालयका पशुपक्षी अधिकृत पूर्ण बुढाका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटेको थियो। स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो।

पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको थियो। प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend