आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

असोजमा २५ महिनाकै धेरै ऋण प्रवाह

आइतबार, कात्तिक २६ २०८०
असोजमा २५ महिनाकै धेरै ऋण प्रवाह

यो समस्यामा अब भने सुधारको संकेत देखिएको छ। पछिल्लो २ वर्षकै उच्च कर्जा प्रवाह असोजमा गएको छ। यो ट्रेन्डले निरन्तरता पाएमा आगामी दिनमा बजार चलायमान हुने संकेत देखिएको छ। 

काठमाडौं- दुई वर्षअघि बाह्य क्षेत्रको दबाबमा परेर विस्तारै शिथिल बनेको अर्थतन्त्रको आन्तरिक बैंकिङ क्षेत्र पनि सुधारोन्मुख देखिएको छ। 

बाह्य क्षेत्रमा सुविधाजनक पोजिसन बनेपछि अहिले बैकिङ क्षेत्रको तरलतामा पनि सुधार भएको छ। वित्तीय स्रोतको उपलब्धतता प्रणालिमा बढ्दै गएपनि कर्जाको माग नबढेकाले बजारको गतिविधि अझै सुस्त नै रहेको छ। 

बजार सुस्त हुँदा समग्र क्षेत्रको प्रदर्शन उत्साहजनक देखिएको छैन। मागको कमीलाई मुख्य समस्याका रुपमा सरकारदेखि निजी क्षेत्रले लिँदै आएका छन्। यसैबीच पछिल्लो समय कर्जाको मागमा पनि सुधार देखिएको छ। 

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार असोजमा पछिल्लो २५ महिनाकै धेरै कर्जा प्रवाह भएको छ। निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाहको तथ्यांक अनुसार असोजमामात्र ७५ अर्ब प्रवाह भएको छ। यो पछिल्लो २ वर्षकै उच्च हो। 

आर्थिक वर्ष २०७८/७९ को असोजमा ८० अर्ब ऋण प्रवाह भएको थियो। सो वर्ष अधिक कर्जा प्रवाह हुँदा बाह्य क्षेत्रमा समस्या सिर्जना भएको थियो। बाह्य क्षेत्रको समस्या समाधानका लागि गरिएको कडाइले गर्दा समग्र अर्थतन्त्रको चक्र नै सुस्त बनेको थियो। 

पछिल्लो एक वर्षदेखि बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएपनि बैंकिङ क्षेत्रको दबाब भने कायमै रहेको छ। चरम तरलता अभावबाट गुज्रिँदै आएको बैंकिङ क्षेत्रमा पछिल्लो समय न्यून कर्जा मागको समस्या देखिएको छ। 

यो समस्यामा अब भने सुधारको संकेत देखिएको छ। पछिल्लो २ वर्षकै उच्च कर्जा प्रवाह असोजमा गएको छ। यो ट्रेन्डले निरन्तरता पाएमा आगामी दिनमा बजार चलायमान हुने संकेत देखिएको छ। 

चालु आर्थिक वर्षको तीन महिनामै १ खर्ब ९ अर्ब ऋण प्रवाह भएको छ। यो गत वर्षको तुलनामा २.३ प्रतिशतले धेरै हो। असोजसम्म कूल ऋण प्रवाह भने


प्रकाशित : आइतबार, कात्तिक २६ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend