मंगलबार, जेठ ८ गते २०८१    
images
images

पर्यटन व्यवसायीको एकै स्वर, `पर्यटन क्षेत्र तत्काल खुला गरिनु पर्छ`

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
पर्यटन व्यवसायीको  एकै स्वर, `पर्यटन क्षेत्र तत्काल खुला गरिनु पर्छ`

काठमाडौमा पर्यटन व्यवसायीले कारोना माहामारीपछि पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला गरिनु पर्ने माग गरेका छन् ।

images
images

काठमाडाै‌ं- काठमाडौमा पर्यटन व्यवसायीले कारोना माहामारीपछि पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला गरिनु पर्ने माग गरेका छन्। नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीफक राज जोशीको संयोजनमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन्।

images
images
images

नेपालका प्रायजसो सबै मुख्य गन्तव्यहरुमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटन कर्मीहरुले उक्त भ्याक्सिन लगाइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले तत्कालै ‘पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टीनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराईभल भिषा उपलब्ध गराउनु पर्ने, सुरक्षित गन्तव्यहरु र गतिविधिहरु पहिचान गरि प्रचारित गर्नुपर्ने, र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पिसिआर र एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाई पर्यटकहरुको भ्रमणका लागि सहज वातावरण बनाउँदै पर्यटन चलायमान बनाउनु पर्ने  निर्णय गर्नुपर्नेमा व्यवसायीले जोड दिएका थिए।

images

ट्रेकिङ एजेन्जी एसोसियसन अफ नेपालका महासचिव सरिता लामाले सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने यो सिजन (सेप्टेम्बर–नोभेम्बर बाट पनि व्यवसायीले लाभ लिन नपाउने बताइन्। `पर्यटकले नेपाल आउने चासो राखेका छन् । सरकारले १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको छ`, उनले भनिन्, 'नेपाली विदेशबाट आउँदा क्वारेन्टिन बस्ने नियम छैन् । विदेशी पर्यटकलाई मात्र यस्तो नियमले कोराना नियन्त्रणमा कसरी सहयोग पुग्छ' नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले आफुले गरेको अध्ययनमा मुख्य पर्यटकिय गन्तव्यमा काम गर्ने ९५ प्रतिशत भन्दा बढी कर्मचारीले पुर्ण डोज नै खोप लगाएको पाएकाले पर्यटन क्षेत्रलाई तुरुन्तै चलायमान बनाउनुपर्ने बताए।

images
images

पाटा मुख्यालयका सचिव एवं पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाँउदै अनअराईभल भिषा दिनु पर्ने माग गरे। 'विदेशमा पिसिआर गरेका आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्छ',उनले भने, 'हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पिसिआर परिक्षण गर्ने व्यवस्था गर्यौ र छिटो भन्दा छिटो नजिता पनि दियौँ भने संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न सक्छौँ।'

images
images

पर्यटन विज्ञ तथा व्यवसायी राज ज्ञवालीले ६ महिनादेखि सरकारले ट्राभल एडभाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको बताउँदै सरकारले तत्काल एडभाइजरी जारी गर्नु पर्ने बताए। जवाफमा अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफरिसमा पर्यटक भिषा दिनु पर्ने गरि मन्त्रीपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको र अन अराइभल भिसा पुनः सुचारुगर्ने निर्णय गराउन आफूपनि सकारात्मक रुपले सक्रिए रहेको बताए।

होटल एसोशियन नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकिय गन्तव्य खुला गर्नुको साथैँ नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सुचना प्रवाहमा काम गर्नु पर्ने बताइन्। ´निजी क्षेत्रले आआफ्नो तरिकाले सुचना प्रवाह गर्दा त्रुटी हुने सम्भावना पनि हुन्छ `, उनले भनिन्, `त्यसैले बोर्डले निजी क्षेत्र र सरकारका बीच पुलको काम गर्नु पर्छ। आजका दिनमा सरकारले गरेको निर्णय खोज्दै बस्नु पर्ने अवस्था छ। यसले समस्या सिर्जना गरेको छ।

´नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने तर पर्यटक ल्याउँदा मात्र कोरोना संत्रमण बढ्छ भन्ने सोचले पर्यटन क्षेत्रलाई थप धरासायी बनाउने बताए। यस्तै पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले निजी क्षेत्रले एकमत साथ उठाएको मागलाई सरकारले सम्बोधन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए।

पाटा मुख्यालयका आजिवन सदस्य तथा वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्र र पर्यटन विद  विजय अमात्यले संकटका बेला प्रभावकारी संचार र ब्रान्ड भिजिबिलिटि अत्यन्तै महत्वपूर्ण हुने भएकाले यसलाई पनि प्राथमिक्ताका साथ हेनूपर्ने सुझाए। त्यसैगरी स्कल नेपालका उपाध्यक्ष सर्वोत्तम श्रेष्ठ, व्यवसायीहरु शिव ढकाल, पंकज प्रधानांग, विनोद अधिकारी लगायतले पर्यटन क्षेत्रमा प्रतिबन्ध कायम रहँदा नेपाल आउन खोज्ने पर्यटन नै हतोत्साही हुदैँ गईरहेकाले सरकारले तत्काल प्रतिबन्ध हटाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित नेपाल पर्यटन बोर्डका मार्केटिङ विभाग प्रमुख लक्ष्मण गौतमले व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको बताए। पर्यटन बोर्डले व्यवसायीसँग निरन्तर छलफल गर्नु पर्यो भन्ने मागमा सकारात्मक रहेको भन्दै आगामीसाताबाटै व्यवसायीसँग निरन्तर छलफल गर्दै पर्यटन पुनर्उत्थानका काम अगाडी बढाउँने बताए।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend