काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैककाे मंगलबार ३५२ रुपैयाँमा अन्तिम काराेबार भएकाे थियाे।