आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

images
बुधबार, कात्तिक २२ २०८०
images
पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

पार्कमा सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएको छ।

images
images

गण्डकी- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेको छ। 

images
images
images

समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाइमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि थप गन्तव्य बनेको हो। 

images
images

बाजापार्क पहिलो पटक देखेको र बाजा समेत बजाउन पाउँदा छुट्टै आनन्द आएको पार्कमा पुगेका बगलुङ जिल्लाको काठेखोला वडा नं. ७ वडाध्यक्ष प्रेम लामिछानेले बताए।

images
images

गण्डकी प्रदेशस्थित सामुदायिक वन उपभोक्ता महासंघद्वारा आयोजित दुईदिने कानूनी क्षमता अभिवृद्धि तालिममा सहभागी हुन सो क्षेत्रमा पुगेका लामिछानेले भने, 'स्थानीय सरकारका विभिन्न शिर्षकमा जाने बजेटबाट यस्ता मौलिक एवम् पर्यटकीय स्थल निर्माणमा जोड दिनु आवश्यक छ।'

अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिने सो क्षेत्रसहित नौमती बाजा पार्कको प्रचारप्रसारमा जोड दिनुपर्नेमा उनको सुझाव थियो। 

पार्कमा सुमधुर तथा शुभ सन्देश दिने नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएको छ। यस क्षेत्रमा आएर बास बस्ने पर्यटकले पार्कमा रहेको बाजा बजाएर रमाउने गरेको स्थानीय नन्दलाल अधिकारीले जानकारी दिए।

अस्तामस्थित मिस्टिक हाइल्याण्ड रिसोर्टका सञ्चालकसमेत रहेका उनका अनुसार नौ वाद्यवादक कलाकारहरुले सुर र तालका साथै एकैचोटी बजाउने गरिएकाले यो सामूहिक बाजालाई नौमती बाजा भनिएको हो। विशेषगरी आलमुनियम, तामा, पित्तललगायत धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ।

नेपालीको मौलिक पहिचान बनेको नौमती बाजाका लागि पोखरा र आसपासमा ख्याति कमाएको अस्तामको बाजा चिरस्थायी राख्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको उनको भनाइ थियो।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिता परिचालन एवम् माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा १६ लाख रूपैयाँको लागतमा निर्माण गरिएको पार्क चार वर्ष अघिदेखि सञ्चालनमा आएको हो। 

पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डबाट करिब ६ मिलोमिरको दुरीमा रहेको सो पार्कमा प्रवेशका लागि कुनै पनि टिकट लाग्दैन। सो स्थानसम्म पुग्नका लागि संघीय सरकारको २५ करोड रूपैयाँको लगानीमा मोटर बाटो स्तरोन्नति गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend