बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

३० करोड लगानीमा स्तरोन्नति हुँदै मनकामना केबलकार

images
बुधबार, मंसिर ८ २०७८
images
images
३० करोड लगानीमा स्तरोन्नति हुँदै मनकामना केबलकार

यो रिसोर्टमा कूल ३५ करोड १८ लाख लगानी हुने कम्पनीले अनुमान गरेको छ। 

images
images

काठमाडौं- मनकामना केबलकार स्तरोन्नति हुने भएको छ। मनकामना दर्शन प्रालिले ३० करोड लगानी गरेर स्तरोन्नति गर्ने भएको छ। 

images
images

२४ औँ वर्ष पुगेको अवसरमा कम्पनीले सेवा आधुनिकीकरणका लागि ३० करोड लगानी गर्ने घोषणा गरेको हो। 

images
images

प्रविधि प’रानो ह’¤दै गएको र धेरै नवीनतम् प्रविधिको विकास भएकाले स्तरोन्नति गर्न लागिएको कम्पनीले जानकारी दिएको छ। कमतिपय पाटपुर्जा पुराना हुँदै गएको र मर्मत खर्च पनि बढेकाले नयाँ प्रविधि जडान गर्न लागिएको कम्पनीले बताएको छ। 

images
images

अहिलेको एनालग प्रणालीलाई डिजिटल बनाउनका लागि तीन चरणमा काम हुने छ। यात्रुलाई असर नपर्नेगरी काम गर्दा चरबद्ध गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ। २०८० को भदौसम्म काम सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ। 

अहिलेको डीसी ड्राइभ सिस्टमलाई एसी ड्राइभमा र कन्ट्रोल सिस्टमलाई एनालग बाट डिजिटलमा परिणत गरिने छ। अरु संरचना भने पुरानै हुनेछन्। डीकनेक्ट माध्यमबाट सञ्चालन हुने मनकामना केबलकार नेपालकै पहिलो हुने कम्पनीकी दाबी छ। 

चितवन कोई समूहले २०५५ साल मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याएको थियो। हालसम्म १ करोड ६० लाख यात्रुले सेवा लिइसकेको कम्पनीले जानकारी दिएको छ। 

३५ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आउँदै

मनकामना केबलकारको टप स्टेसनमा रिसोर्ट सञ्चालनमा आउने भएको छ। मनकामना केबलकार सञ्चालनगरिरहेकै कम्पनीको भातृ संस्था रेस्ट्रो बाई मनकामना केबलकार प्रालिले रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो। 

मनकामना केबलकारको माथिल्लो स्टेसनसँगै रहेको ९ रोपनी जग्गामा रिसोर्ट निर्माण भइरहेको मनकामना केबलकार प्रालिले जानकारी दिएको छ। 

रिसोर्टमा ४० कोठा हुने छन्।  एक सय सिट क्षमताको सभाहल पनि हुने छ। यो परियोजनाबाट मनकामना क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावना अझै बढेर जाने छ। स्थानीय रोजगारी सिर्जना हुने र स्तरीय पर्यटकको आगमन हुने कम्पनीको विश्वास छ।

यो रिसोर्टमा कूल ३५ करोड १८ लाख लगानी हुने कम्पनीले अनुमान गरेको छ। 

 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend