शनिबार, असोज १३ गते २०८०    

पर्यटनमन्त्रीको 'स्टन्ट' - फिर्ता गरिसकेको पैसा माग्दै काट्न लगाए चिठी

images
पर्यटनमन्त्रीको 'स्टन्ट' - फिर्ता गरिसकेको पैसा माग्दै काट्न लगाए चिठी
images

काठमाडौं- नेपाल वायुसेवा निगमका निवर्तमान महाप्रबन्धक डिमप्रकाश पौडेलले अमेरिका भ्रमणका लागि लिएको रकम फिर्ता गरेको १५ दिनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त रकम फिर्ता माग्दै पत्र काटेको छ।

images

बोइङ-७५७ बिक्री सम्झौताका लागि अमेरिका जान पौडेलले ६ हजार ५ सय ५० डलर सटही सुविधा लिए पनि उनी त्यसतर्फ गएका थिएनन्। 

images

पौडेलले अमेरिका जान डलर सटही लिएको भोलिपल्टबाट नै निगममा कर्मचारी आन्दोलन सुरु भएको थियो। आन्दोलन चर्किएसँगै उनी निगम प्रवेश गर्न पाएनन्, अमेरिका पनि गएनन्। अमेरिका जान नपाएका पौडेलले कर्मचारी आन्दोलन सकिएपछि कात्तिक १७ गते हिमालयन बैंक ठमेल शाखाबाट डलर फिर्ता गरिदिए। 

images
nigam pay.jpg
निवर्तमान महाप्रबन्धक डिमप्रकाश पौडेलले रकम फिर्ता गरेको रसिद।

तर पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले मंसिर २ गते निगमलाई पत्र काट्दै उक्त रकम फिर्ता गर्न भनेको छ। निगममा केही सयमअघि कार्यकारी अध्यक्ष भएका युवराज अधिकारीले पौडेलले रकम फिर्ता नगरेको भन्दै उजुरी गर्न लगाएका थिए। 

images
nigam letter.jpg
मन्त्रालयले पैसा फिर्ता माग्दै काटेको पत्र।

‘मन्त्रालयले पत्र पठाउनुभन्दा अघि नै मैले व्यक्तिगत खाताबाट निगमको खातामा रकम हस्तान्तरण गरेको थिएँ,’ पौडेलले भने, ‘मन्त्रालयलाई रकम दिने होइन, किन पत्र काटयो मलाई थाहा छैन।’ आफू पुन: जानु नपर्ने निश्चित हुनासाथ पैसा फिर्ता गरेको उनको भनाइ छ।

पौडेलले ६ हजार ५ सय अमेरिकी डलर सटही गराएका थिए तर मन्त्रालयले भने ७ हजार डलर फिर्ता गर्न भनेकाे हाे।

मन्त्रालयले भ्रमण रद्द गरेको भन्दै पत्रमा उल्लेख गरेको छ। तर मन्त्रालयबाट आफू निगममा रहँदासम्म कुनै भ्रमण रद्दको विषयमा पत्र नपाएको पौडेलले बताए। भ्रमणमा नगएपछि आफैले मन्त्रालयमा जानकारी दिएको उनको भनाइ छ।

images

प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०७:२९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ