बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टेलिकमको सेयरमा झुम्मिए लगानीकर्ता, के बोनस सेयर दिन लागेको हो?

बुधबार, मंसिर ८ २०७८
टेलिकमको सेयरमा झुम्मिए लगानीकर्ता, के बोनस सेयर दिन लागेको हो?

काठमाडौं- मंगलबार नेपाल टेलिकमको सेयरमा लगानीकर्ता झुम्मिए। सोमबार मात्रै टेलिकमको ४१ करोड ५७ लाख २४ हजार रुपैयाँको कारोबार भयो।

सोमबार २.५९ प्रतिशतले बढेको सेयर १४५७ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९३५ रुपैयाँ रहेको थियो। अधिकतम भने १५०० सम्म पुगेको थियो। सोमबार मात्रै ३६.८० रुपैयाँले बढेको छ। आइतबार ४ अर्ब १६ करोड रुपैयाँ कारोबार भएको छ। 

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५० प्रतिशतसम्म लाभांश दिने देखिन्छ। तर लगानीकर्ताहरूले पछिल्लो समय नेपाल टेलिकमले बोनस सेयर दिने हल्ला गराएका छन्।

ntc.PNG

गत वर्ष पनि बोनस सेयरको हल्ला चलाएर ७ सय रुपैयाँमा कारोबार भएको सेयर १२ सय पुर्‍याएका थिए। यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। भने १५ अर्ब रुपैयाँ चुँक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब १८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

टेलिकमकोले तीन महिनामै २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन नाफा गत वर्षको सोही समयको भन्दा ४०.४७ प्रतिशतले बढी हो। 

गत वर्ष सोही अवधीमा १ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो। टेलिकमले आधिकांश सूचकमा वृद्धि गरेको छ। प्रतिसेयर आम्दानीसमेत बढाएको छ। गतवर्ष ४०.४७ रुपैयाँ रहेकोमा यसवर्षको पहिलो त्रैमासमा ६०.०७ रुपैयाँ पुगेको छ।

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। 

कुन वर्ष कति लभांश?

ntc 2.PNG


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०१:३०
  • सम्बन्धित विषय:

  • # nepaltelicome
  • # ntc


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend