शनिबार, साउन १२ गते २०८१    
images
images
images

आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा दर्ता नभएका आईफोन ब्लक हुने 

images
सोमबार, कात्तिक २० २०८०
images
images
आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा दर्ता नभएका आईफोन ब्लक हुने 

यसरी जाँचपास गराउनका लागि  राहदानी/नागरिकता, गएको र आएको स्ट्याम्प चाहिने भएको छ। भन्सारको नियमनअनुसार व्यक्तिले ल्याएका मोबाइल प्रणालीमा दर्ता हुनेछन्। 

images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता गर्नैपर्ने अनिवार्य नियम आज रातिदेखि लागु गर्ने भएको छ। व्यक्तिगतरुपमा विदेशबाट ल्याइएका स्मार्टफोन एमडीएमएस प्रणालीमा दर्ता हुनैपर्ने यस्तो नियमअनुसार आजसम्म दर्ता भइसक्नुपर्ने छ। 

images
images

आज दिनभर दर्ता नभएमा राति ९ बजेदेखि ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। एमडीएमएसमा दर्ता नभएका फोन सबै ब्लक गर्ने भनिए पनि पहिलो चरणमा प्राधिकरणले धेरै मूल्यका स्मार्टफोनमात्र ब्लक गर्ने भएको छ।

images

नेपालमा भएका तर दर्ता नभएका महँगा स्मार्टफोनबाट ब्लक गर्न सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अध्यक्ष खनालका अनुसार सबैभन्दा पहिला आईफोनबाट यसको सुरुवात गरिने छ।

नेपाली बजारमा दर्ता नभएका र दर्ता गर्न दिइएको अन्तिम सुविधा पनि उपयोग नगरेका त्यस्ता फोन ब्लक हुने उनको भनाइ छ। त्यस्तै क्रमश: अरु स्मार्टफोन पनि बन्द हुँदै जानेछन्।

images

अन्य स्मार्टफोनको हकमा भने प्राधिकरण प्रष्ट छैन। सबै फोन ब्लक गर्दा आमसर्वसाधारण प्रभावित हुने र त्यसका लागि सरकारले नै केही व्यवस्था गर्नुपर्ने प्राधिकरणको भनाइ छ। 

नेपालमा अहिले नै ३ हजारभन्दा बढी आइफोन १५ दर्ताबिनै सञ्चालनमा रहेका छन्। त्यस्तै हजारौं अन्य महंगा फोन रहेका छन्। यी सबै फोन विस्तारै ब्लक हुँदै जाने प्राधिकरणले जानकारी दिएको छ। 

विदेशबाट व्यक्तिगरुपमा ल्याए पनि भन्सारमा क्लेरेन्स लिएकालाई दर्ता गर्न सहज भएपनि अरुका लागि भने पैसा तिरेर पनि दर्ता गर्न मिल्ने सुविधा रहेको छ। 

नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत  प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयमले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

यसरी जाँचपास गराउनका लागि  राहदानी/नागरिकता, गएको र आएको स्ट्याम्प चाहिने भएको छ। भन्सारको नियमनअनुसार व्यक्तिले ल्याएका मोबाइल प्रणालीमा दर्ता हुनेछन्। 


प्रकाशित : सोमबार, कात्तिक २० २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend