आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पाँच तारे होटल ह्यात प्लेसले १६ करोडको आईपीओ जारी गर्ने

images
मंगलबार, मंसिर ७ २०७८
images
पाँच तारे होटल ह्यात प्लेसले १६ करोडको आईपीओ जारी गर्ने
images
images

काठमाडौं- गत साता मात्रै सञ्चालनमा आएको ह्यात प्लेसले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। ह्यात प्लेसले सिटी होटेल लिले सर्वसाधारणमा जारी पुँजीको १० प्रतिशतका दरले आईपीओ जारी गर्ने भएको हो।

images
images
images

कम्पनीको जारी १ अर्ब ६७ करोड रुपैयाँ चुँक्तापुजी रहेको छ। सोही रकमको १० प्रतिशत आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले १६ करोड रुपैयाँ बराबार १६ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो। प्रति सेयर अंकिम मूल्य एक सय रुपैयाँ आईपीओ जारी गर्न लागेको हो।  

images
images

कम्पनी र क्यापिटल बीच मंगलबार सम्झौता भएको हो। गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको हो।सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष  शक्ति कुमार गोल्याण र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन्। 

images
images

काठमाडौंको सोल्टिमोडमा निर्माण भएको पाँच तारे होटल हायात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ। 

१५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्याक्वेट हल, जिम, स्विमिङ पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ज्थबतत ज्यतभकि ऋयचउयचबतष्यल को चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढी अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन्। सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो।


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend