आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा घट्दो ट्रेन्ड रोकिएन, १७ सयको बिन्दुतर्फ मोडिँदा लगानीकर्ता त्रासमा

आइतबार, कात्तिक १९ २०८०
सेयर बजारमा घट्दो ट्रेन्ड रोकिएन, १७ सयको बिन्दुतर्फ मोडिँदा लगानीकर्ता त्रासमा

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

काठमाडौ- उच्च बिन्दुबाट घटेको सेयर बजार दुई वर्षयताकै न्यून बिन्दुमा झरेको छ।

गत जेठ १ उच्च बिन्दुबाट घटेर सबैभन्दा कम १८१८.३१ बिन्दुमा आएको थियो। आज साताको पहिलो दिन आइतबार सेयर बजार उक्त बिन्दुबाट पनि तल झरेर बन्द हुने अन्तिम समयमा मात्रै केही बिन्दुमाथि पुगेको छ। जुन २८ महिनायताकै न्यूनबिन्दु समेत हो। दसैँअगाडि केही सुधार देखिएको सेयर बजार तिहारअघि झनै ओरालो लागेपछि बजार १७ सयको बिन्दु वरपर घुम्ने खतरा बढेको छ। जुन त्रासमा लगानीकर्ता हुँदा बजार झनै तल जाने देखिएको विश्लेषकहरु बताउँछन्।

आइतबार २१.४६ अंकले घटेर १८२६.२३ को बिन्दुमा सेयर बजार आइपुगेको छ। ९७ करोड २३ लाख रुपैयाँको कारोबार हुँदा ३५ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। बजारले १८ सय बिन्दुको टेवा परिक्षणकै क्रममा रोकिए पनि अब भने १७ सयको बिन्दुतर्फ बजार लागेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

कात्तिक लागेसँगै बजारमा झनै घट्दो ट्रेन्डमा देखिएको छ। घट्नु पर्नेजति अंक घटिसकेको हुँदा आगामी बजार सकारात्मक रहने लगानीकर्ताहरु बताउँछन्।

दसैँअघि झिनो सुधार देखिएर बन्द भएको सेयर बजार दसैं सकिएसँगै झनै ओरालो लागेकोले लगनीकर्ता विश्वस्त हुन सकेका छैनन्। लगानीकर्ताहरुका अनुसार घट्नुपर्ने जति बजार घटिसकेको छ। बजार निकै तल्लो बिन्दुमा छ, यस साताको झिनो संकेत अब यस बिन्दुबाट तल खस्दैन कि भनेर अनुमान लगाउन सकिने लगानीकर्ताहरु बताउँछन्। 

बैंकमा तरलता सहज, ब्याजदर घट्दो अवस्था भएकाले पनि सेयर बजार तल नजानेमा लगानीकर्ताको बुझाइ छ।

गत साता आइतबार २८‍.१८ अंकले घटेको बजार सोमबार ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको थियो। मंगलबारयता बजारले पुनः ओरालै यात्रा समात्यो। मंगलबार १४.२९ अंकले घटेको बजारमा बुधबार ५.८३ अंकको गिरावट आएको थियो। बिहीबार पनि कारोबार सुखद् रहन सकेको थिएन। गत साता बिहीबार १०.८६ अंकले घटेर बजार १८४७.७० बिन्दुमा झरेको थियो। ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको थियो। 

सेयर लगानीकर्ताले स्थायी सुधारको आधार नभेट्दा नेपाली सेयर बजार निरन्तर उतारचढावमा रहँदै आएको छ। नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend