बिहीबार , चैत १५ गते २०८०    
images
images

आयातले फुलाएको राजस्वमा अर्थमन्त्रीको सन्तुष्टि

बढ्दो आयातको चापमा अर्थतन्त्र 

images
images
आयातले फुलाएको राजस्वमा अर्थमन्त्रीको सन्तुष्टि
images
images

काठमाडौं- मंसिर १ गते कर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सोचेजस्तो विकास खर्च गर्न नसके पनि राजस्व उठाउन भने सफल भएको बताएका थिए। 

images
images
images

खर्चको जिम्मेवारी अर्थ मन्त्रालयको मात्र हुने भए राजस्व संकलनमा जस्तै सफल होइने उनको भनाइ थियो। 

images

'राजस्व संकलनमा हामी सफल भएका छौँ। तर विकास खर्च भनेजस्तो नहुने रहेछ। यसमा खर्च गर्ने अधिकार नेपाल सरकारका अन्य संयन्त्र धेरै प्रभावकारी हुने रहेछ। राजस्व संकलनमा जस्तै हाम्रो मात्र क्षेत्राधिकार भएको भए यसमा पनि लक्ष्य जस्तै हुने रहेछ' उनले भनेका थिए। 

images
images

शर्माको भनाइ मात्र होइन हाउभाउ हेर्दा पनि राजस्व संकलनमा पनि निकै सफलता हात पारेको जस्तो देखिन्थ्यो। निकै मक्ख हुँदै उनले राजस्व संकलनका बारेमा बोलेका थिए। 

उनले भनेजस्तै राजस्व संकलनमा सरकार सफल भएको हो? अहिले जति पनि राजस्व संकलन भएको छ के त्यो जोखिमरहित छ? 

यो प्रश्नको उत्तरमा जानुअघि दुई कुरा हेर्नुपर्छ। 

पहिलो कुरा हो अर्थमन्त्री हुनेवित्तिकै मन्त्री शर्माले दुई कुरा गर्दै आएका थिए। पहिलो कुरा विकास खर्च मासिक १० प्रतिशतका दरले गर्ने। दोस्रो राजस्व दोबर पार्ने। 

यसमा राजस्व संकलन अहिलेसम्म जति भइरहेको छ त्यसको दोबर पार्नुपर्ने उनको भनाइ थियो। यसका लागि कर्मचारीलाई विस्तृत कार्ययोजना ल्याउन समेत भनेका थिए। 

आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व दोबर पार्ने कार्ययोजनासमेत माग गरेका उनले भनेको राजस्व आन्तरिक उत्पादनमा आधारित हो। स्वाधीन अर्थतन्त्र निर्माणका लागि आन्तरिक उत्पादन बढ्नुपर्ने र त्यसैमा आधारित राजस्व दोबर हुनुपर्ने उनको भनाइ थियो।

दोस्रो कुरा हो अर्थतन्त्रीले दोबर पार्ने भनेको राजस्व अहिलेजस्तो आयातमा आधारित होइन। अहिले जसरी आयात बढ्दा त्यसैका कारणले राजस्व बढेको छ त्यस्तो राजस्व दोबर पार्ने उनको मनसाय थिएन। त्यसकारणले अहिले जसरी राजस्व बढेको छ त्यो उनले भनेजस्तो छैन। 

'मन्त्री भएपछि उहाँले कर्माचारीलाई निर्देशन दिने क्रममा स्वाधीन अर्थतन्त्र बनाउने भन्नुभएको थियो। त्यसका लागि आन्तरिक उत्पादनमा आधारित राजस्व दोबर पार्ने उहाँको भनाइ थियो' अर्थमन्त्रालयका एक अधिकारीले भने। 

कस्तो छ राजस्व संकलनको अवस्था?

गत वर्षको तुलनामा यो वर्ष राजस्वमा स्वभाविक वृद्धि देखिएको छ। यो वर्ष आर्थिक गतिविधि बढेको कुरा बैंकहरूमा ऋणको माग बढेको र आयातमा देखिएको उच्च वृद्धिले पनि पुष्टि गर्छ। 

आर्थिक गतिविधि बढ्दै गएपछि राजस्वमा वृद्धि देखिन्छ। 

सरकारले उठाउने भनेर लिएको लक्ष्यभन्दा पनि बढी राजस्व संकलन भएको छ। साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यभन्दा १० अर्ब बढी राजस्व संकलन गरेको छ। 

सरकारले साउनदेखि कात्तिकसम्म कूल ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको छ। 

राजस्व संकलनमा यो जति पनि लक्ष्यभन्दा धेरै देखिएको छ यो आयातमा आधारित करका कारणले हो। अर्थ मन्त्रालयका अनुसार लक्ष्यभन्दा बढी संकलन भएको आयातमा आधारित संकलन हुने मूल्यअभिवृद्धि करकै कारणले हो। आयातमा आधारित भ्याटमा लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व संकलन भएको छ। भ्याटबाहेक अन्त:शुल्कमा पनि यही क्षेत्रबाट बढेको छ। 

ठीक विपरीत आन्तरिक उत्पादनमा आधारित भ्याट भने लक्ष्यभन्दा न्यून संकलन भएको छ। चाडपर्वमा धेरै खपत तथा उत्पादन हुने भएकाले यही अवधिमा धेरै संकलन हुनुपर्ने आन्तरिक भ्याट ल्यक्ष्यभन्दा ५ अर्ब न्यून संकलन भएको अर्थमन्त्रालयले जानकारी दिएको छ। 

अर्थमन्त्री मक्ख पर्ने अहिलेको राजस्व संकलन जोखिमरहित हो? 

राजस्व प्रशासनका अधिकारीहरू राजनीतिक नेतृत्व अक्सर अंकमै रमाउने तर त्यसका चक्रीय प्रभावबाट बेखबर हुने गरेको बताउँछन्। 'ठीक यही बेला राजनीतिक  नेतृत्व जसरी लक्ष्यभन्दा यति उति राजस्व उठ्यो भनेर मक्ख परेको छ त्यो हाम्रो अर्थतन्त्रमा नेतृत्व गर्ने राजनीतिक वर्ग कस्तो छ भन्ने कुरा देखाउँछ' एक अधिकारीले भने। 

उनका अनुसार अहिले लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको भनेर मक्ख पर्नुको साटो चिन्तित हुनुपर्ने अवस्था हो। राजस्व धेरै संकलन भए पनि अत्याधिक आयातका कारणले गर्दा मुलुकको वैदशिक मुद्रा सञ्चितिको अवस्था कमजोर हुँदै गएको छ। 

अहिलेको उच्च आयातले दिने एउटा मात्र राम्रो परिणाम भए पनि धेरै खराब प्रतिफल छन्। स्वयम् अर्थ मन्त्रालयकै अधिकारीहरू बढ्दो आयातका बारेमा निरन्तर छलफल गरिरहेका छन्। वस्तुको आयात सीमित पार्ने वा प्रतिबन्ध लगाउने भनेर निरन्तर राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरू निरन्तर छलफलमा छन्। 

'रेमिट्यान्स अपेक्षित आएन। आयात धेरै बढेकाले अर्थमन्त्रको बाह्य सन्तुलन बिग्रिँदै गएको छ। यसका चक्रीय प्रभाव छन्। तर सरकारी खातामा देखिने राजस्वबाट मक्ख पर्ने समय होइन' एक अधिकारीले भने, 'अर्कोतिर ऋण परिचलान पनि ट्रेडिङमा बढाएको छ। आन्तरिक उत्पादनमा आधारित राजस्व बढाउने भन्ने तर लगानीसमेत आयातमै गर्दा हुने जोखिमबारे पनि अर्थमन्त्रीले बुझ्नुपर्‍यो।' 

चक्रीय असर पार्ने राजस्व संकलनबाट अर्थमन्त्री मक्ख देखिए पनि त्यही बढ्दो राजस्वको स्रोतकै कारण बाह्य सन्तुलन बिग्रिँदै गएको छ। आन्तरिक स्रोतबाटै राजस्व दोबर पार्ने भाषण गर्न अर्थमन्त्रीले अहिले बिर्सिए पनि अर्थतन्त्रको समस्या समाधानका लागि उनको कुनै पहल देखिएको छैन।

images

प्रकाशित : बुधबार, मंसिर ८ २०७८०२:३५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ