बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले जाल्टनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ।

काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले जाल्टनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ। जाल्टन र खल्तीबीचको सम्झौता पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टनको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाइन बसी शुल्क तिर्ने झन्झट थियो।

यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो। यसको लागि जाल्टनका अध्यक्ष पूर्णकाजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच सम्झौतामा भएको हो।

जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न, सुन्न, र बोल्न सक्ने दक्षताको परीक्षण तथा मूल्यांकन गरिन्छ। उक्त परीक्षण वर्षको एकपटक लिइन्छ।

जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्छ। जेएलपीटीको आवेदन फारम शुल्क ३ हजार रुपैयाँ रहेको छ।

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ। 

फारम भर्ने मिति भदौ २२ देखि असोज २ गतेसम्म रहेको छ। ५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परिक्षामा उत्तीर्ण भई छनौट हुने १ हजार जना रोजगारका लागि जापान जान पाउनेछन्। 

 


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०८:३७
  • सम्बन्धित विषय:

  • # खल्ती
  • # जापानी भाषा
  • # भाषा परीक्षा
  • # डिजिटल भुक्तानी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend