आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कसैको दबाबमा मौद्रिक नीति संशोधन हुँदैन : गभर्नर अधिकारी

images
मंगलबार, मंसिर ७ २०७८
images
कसैको दबाबमा मौद्रिक नीति संशोधन हुँदैन : गभर्नर अधिकारी
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति संशोधन नहुने बताएका छन्। उनले मौद्रिक नीति सुझबुझपूर्ण रुपमा ल्याइएको भन्दै कसैको दबाबमा संशोधन नगर्ने बताएका हुन्। 

images
images
images

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले स्वार्थ समूहको दबाबमा परेर आफूले कुनै पनि निर्णय नलिने समेत बताए। 

images
images

राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमा केही विषय परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ। त्यसमा अर्थमन्त्री जनार्दन शर्माले समेत सेयर धितो कर्जाको सीमालगायत केही विषय परिवर्तन गर्न छलफल गरिरहेका छन्। 

images
images

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ करोड र परिवार/संस्थागततर्फ १२ करोड रुपैयाँ तोकेको थियो। चालु आवको मौद्रिक नीतिअघि यस्तो सीमा तोकिएको थिएन। 


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend