मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

लाभांश बुक गर्न छाडेर लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुर्दा सेयर बजारमा उतारचढाव

images
मंगलबार, मंसिर ७ २०७८
images
images
लाभांश बुक गर्न छाडेर लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुर्दा सेयर बजारमा उतारचढाव
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेका लगानीकर्ता विश्वस्त हुन नसक्दा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

images
images

समीक्षामार्फत सेयर धितोकर्जाको संशोधन हुने हल्ला चलेपछि केही दिनदेखि सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ। जसका कारण मंगलबार बजार ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा झरेको छ। मंगलबार ७४ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो। 

images
images

सोमबार ७.९० अंकले बढेको बजार २७६५.४४ अंकमा पुगेको थियो। तर मंगलबार भने भारी गिरावट आएको हो।  

images
images
images

लाभांश बुक गरेर बस्ने समयमा नै निरन्तर सेयर बजारमा उतार चढाव देखिएको छ।

अधिकांश वित्तीय संस्था, हाइड्रो कम्पनी, इन्स्योरेन्स कम्पनीहरूले धमाधम लाभांश घोषणा गरेका छन्। भने बुक क्लोजको मितिसमेत तय गरिहरका छन्। यस्तो समयमा बजार उकालो लाग्नुपर्नेमा झनै सेयर धितोको कर्जामा लागेको सीमालाई आधार बनाउँदै बजारमा चलेखल गराइएको छ। 

राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमाको विषयमा सेयर लगानीकर्ताको मुख्य चासो देखिएको छ। जसका कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेको थियो।

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ करोड र परिवार/संस्थागततर्फ १२ करोड रुपैयाँ तोकेको थियो। चालु आवको मौद्रिक नीतिअघि यस्तो सीमा तोकिएको थिएन। 

अहिले अर्थमन्त्री जनार्दन शर्मा सहित ठूला सेयर लगानीकर्ता उक्त कर्जाको सीमा संसोधन गराउन लागि परेका छन्। साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गरेको भन्दै केन्द्रिय बैंकले नीतिको बचाउ गर्दै आएको छ। 

बैंकहरूमा लागेको सीडी र सीसी रेसियोको विषय पनि अब मौद्रिक नीतिको समीक्षा मार्फत संसोधन गराउन खोजिएको छ। जसको असर सेयर बजारमा देखिएको छ। 


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend