शनिबार, वैशाख २२ गते २०८१    
images
images

कपिलवस्तुमा व्यावसायिक फूलखेती : गत वर्ष १३ लाखको बिक्री, यसपालि २० लाखसम्म आम्दानीको लक्ष्य

images
images
images
कपिलवस्तुमा व्यावसायिक फूलखेती : गत वर्ष १३ लाखको बिक्री, यसपालि २० लाखसम्म आम्दानीको लक्ष्य

ढकमक्क फुलेका फूलमा फोटो खिच्न चाहनेहरुका लागि लक्ष्य गरेर टिकटक स्पोर्ट पनि बनाइएको उनले  जानकारी दिए। फूल खेती गरिएको स्थानमा जान प्रवेश शुल्क ५० रूपैयाँ राखिएको छ।

images
images

दाङ- लहरै रोपिएका सयपत्री फूलका बिरुवा फुलेर अहिले ढकमक्क भएका छन्। वाणगंगा नगरपालिका, कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूल खेती गर्दै आएका भास्कर पंगेनी र दशरथ साउदले दुई वर्षअघिदेखि दाङमा व्यावसायिक सयपत्री फूल खेती विस्तार गरेका हुन्।

images
images
images

घोराही उपमहानगरपालिका-१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार रूपैयाँ भाडा दिने सर्तमा फूल खेती गरिएको छ भने घोराही-१२ शिवपुरमा पनि १३ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गरिएको छ।

images

गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाख रूपैयाँ बराबरको बिक्री गरेको व्यवसायी पंगेनीले बताए। तिहारभन्दा पछाडि सयपत्री फुलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ गराएर पाँच लाख आम्दानी गरेको उनले जानकारी दिए। यसपालि तिहारको समयमा १५ लाख रूपैयाँदेखि २० लाख रूपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

images

यसपालि तिहारका लागि रोपिएका फूल ढपक्क फुलेका छन्। फूल टिपेर कोल्ड स्टोरमा राख्न र माला बनाउन सुरु गरिएको व्यवसायी दशरथ साउदले बताए। ढकमक्क फुलेका फूलमा फोटो खिच्न चाहनेहरुका लागि लक्ष्य गरेर टिकटक स्पोर्ट पनि बनाइएको उनले  जानकारी दिए। फूल खेती गरिएको स्थानमा जान प्रवेश शुल्क ५० रूपैयाँ राखिएको छ।

images
images

गत वर्ष तीन सय प्रतिकेजीमा फूल बिक्री गरिएकामा यस वर्ष अझै मूल्य निर्धारण नगरिएको व्यवसायी साउदले बताए। एउटा माला ८० रूपैयाँमा बिक्री भइरहेको उनको भनाइ थियो। टिकटक स्पटमा फोटो खिच्ने व्यवस्था पनि गरिएको छ। क्यामराले फोटो खिचेर मोबाइलको मेमोरीमा राखिदिएको २० रूपैयाँ लिने गरेर सेवा दिने गरेको व्यवसायी साउदले जानकारी दिए।

गत वर्ष (कर्मा ५५५) जातको सयपत्री फूल खेती गरिएकामा यसपालि कर्मा त्रिपल एक अरेन्ज, कर्मा त्रिपल आठ एल्लो, कर्मा त्रिपल, पाँच ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्ज, पेनिस बल गरी छ जातका सयपत्रीका बिरुवा रोपिएका छन्। एक लाख तीन हजार रूपैयाँको बीउ किनेर बेर्ना राखिको उनले बताए।

'सबै फूल बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेका हौँ', व्यवसायी साउदले भने। 'यसपालि दुई लाख बेर्ना बिक्री भइसक्यो। बिरुवाको जात हेरेर दुई रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ।' बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ। कपिलवस्तुमा पहिलेदेखि नै खेती भइरहेको थियो यो वर्षदेखि कोहलपुर, कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए।

युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनीको भनाइ थियो। बेरोजगार युवाहरुलाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ कन्सेप्टमा कृषि फर्मको नाम नै (१०८) राखिएको छ। फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको छ। यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ। फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला जिल्लामा क्षेत्र विस्तारको योजना रहेको व्यवसायी पंगेनीले बताए।

तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण

तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ। सयपत्री फूलको मूल्यमा एकरुपता कायम गर्न मूल्य निर्धारण गरिएको हो। बिहीबार तुलसीपुर उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासँगको छलफलपछि फूलको मूल्य प्रतिकेजी तीन सय रूपैयाँ निर्धारण गरिएको हो।

तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलखेतीतर्फ युवा तथा विद्यार्थीले विभिन्न स्थानमा फूल खेती गरेका छन्। व्यवसायी र विद्यार्थीहरुले गरेको फूल खेतीको बजारीकरणमा सहजताका लागि न्यूनतम प्रतिकेजी तीन सय रूपैयाँ मूल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिए।

तुलसीपुरमा १५ पुष्प व्यवसायी र चारवटा सामुदायिक तथा निजी स्कुल/कलेजका विद्यार्थीले पनि तिहारलाई लक्ष्य गरी फूल खेती गरेका छन्। /f;;

images

प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८०११:०७

प्रतिक्रिया दिनुहोस