आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

images
शुक्रबार, कात्तिक १७ २०८०
images
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएका किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन्।

images
images

इनरुवा- सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन्। जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन्। 

images
images
images

इनरुवाका किसान गौरी यादवले दसैँअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताइन्। हरिनगरका चन्दन मेहताले भने, 'आलु रोप्न भ्याइनभ्याइ छ।'

images
images

यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन्। जिल्लामा एउटा किसानले एक कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको छ।

images
images

विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएका किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन्। यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपि, भुटानी, सठिया, टीपीएसलगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए।

यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ छ। यहाँ वार्षिक रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend