शनिबार, साउन १२ गते २०८१    
images
images
images

एमाले महाधिवेशनले सौराहामा सबै होटलका कोठा ‘बुकिङ’

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ७ २०७८
images
images
एमाले महाधिवेशनले सौराहामा सबै होटलका कोठा ‘बुकिङ’
images

चितवन- नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन्। 

images
images

यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई  आवासका लागि  कोठा बुकिङ गरिएको हो। महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ। यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ।
 
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पुर्‍याउन मुस्किल परेको छ। यतिबेलाका लागि पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उनको भनाइ छ।
 
उनले भने, 'कोठा पुर्‍याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन।' कोठाको व्यवस्थापनमा जुट्नु भएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारी दिए। उनका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पुर्‍याउन कठिन भएको छ। स्वयंसेवकका लागि भरतपुरमासमेत कोठा खोज्ने काम सुरु गरिएको उनले जानकारी दिए। उनले भने,'देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ।'
 
व्यवसायीले  सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन्। सङ्घले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिने गरी सम्झौता गरेको छ। महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन्। यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन्।
 
महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताए। उनले भने, 'बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ। कोठा व्यवस्थापन गर्न कठिन छ।'
 
क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारी दिए। उनले भने, 'कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ।' कोठा नभएपछि व्यवस्थापन कठिन भएको उनको भनाइ छ। सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उनको भनाइ छ।

images

सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ। पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउछन्।
 
सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन्। अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन्। रासस


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend