आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ग्लोबल आईएमई बैंकले गर्‍यो १ अर्ब २२ करोड नाफा, खराब कर्जा १०८ प्रतिशतले बढ्यो

शुक्रबार, कात्तिक १७ २०८०
ग्लोबल आईएमई बैंकले गर्‍यो १ अर्ब २२ करोड नाफा, खराब कर्जा १०८ प्रतिशतले बढ्यो

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ४ करोडले बढी हो।

काठमाडौं- ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ४ करोडले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्याज आम्दानी, ब्याज खर्च र खुद शुल्क तथा कसिसन आम्दानी बढेपनि बैंकको खराब कर्जा करिब १०८ प्रतिशतले बढेकाले बैंकको नाफा उल्लेखिय रुपमा नबढेको हो।

गत वर्षको पहिलोक क्वार्टरमा बैंकको खराब कर्जा २.१० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ४.३८ प्रतिशत पुगेको छ। जसले गर्दा बैंकको लोन लस प्रोभिजनिङ बढेको छ। गत आर्थिक वर्ष बैंकले यस शीर्षकमा  ७२ करोड ८६ लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको पहिलो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खर्च बुक गरेको छ। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो।

यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ। 
यस अवधिमा बैंकले ५२ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ।

यस अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१७ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा पनि बैंकको कष्ट अफ फण्ड ८.१७ प्रतिशत नै रहेको थियो।

पहिलो त्रैमासमा बैंकको आधार दर १०.०७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधार दर १०.१९ प्रतिशत रहेको थियो। मर्जर सुविधा अझै कायम रहेकाले बैंकको स्प्रेड दर ४.३४ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend