सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

दोस्रो बजारका लगानीकर्तालाई सदाबहार बुटवल पावर कम्पनी, सूचकमा सधैँ अब्बल

images
शुक्रबार, कात्तिक १७ २०८०
images
दोस्रो बजारका लगानीकर्तालाई सदाबहार बुटवल पावर कम्पनी, सूचकमा सधैँ अब्बल

हाइड्रोपावर कम्पनीहरूले खासै लाभांश नदिने गरेता पनि कम्पनीले भने प्रत्येक वर्ष आकर्षक लाभांश पनि दिने गरेको छ। गत वर्ष कम्पनीले ७ प्रतिशत लाभांश दिएको थियो। यो वर्ष पनि १० प्रतिशत हाराहारी लाभांश दिनेछ।

images
images

काठमाडौं- बुटवल पावर कम्पनीलाई लगानीकर्ताहरू दोस्रो बजारमा सदाबहार कम्पनीको रुपमा लिने गर्दछन्। सेयर बजार घट्दा पनि कम्पनीको सेयर मूल्यमा खासै उतारचढाव देखिँदैन। सोही कारण पनि दीर्घकालीन लगानीकर्ताका लागि यो कम्पनी सदाबहार बन्दै आएको छ।

images
images
images

पछिल्लो समय सेयर बजारमा ठूलो गिरावट आए पनि कम्पनीको सेयर मूल्यमा केही रूपैयाँको मात्रै घटबढ हुँदै आएको छ। यसले समग्रतामा कम्पनीको प्राविधिक हिसाबले पनि उत्कृष्ट भएको विश्लेषण लगानीकर्ताले गर्दै आएका छन्। कम्पनीको सेयर मूल्य बिहीबार २ सय ९७ रूपैयाँ छ। एक वर्षअघि सबैभन्दा धेरै ३ सय ६८ रूपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य घटेर २ सय ९३ रूपैयाँसम्म आएको थियो।

images
images

हाइड्रोपावर कम्पनीहरुले खासै लाभांश नदिने गरेता पनि कम्पनीले भने प्रत्येक वर्ष आकर्षक लाभांश पनि दिने गरेको छ। गत वर्ष कम्पनीले ७ प्रतिशत लाभांश दिएको थियो। यो वर्ष पनि १० प्रतिशत हाराहारी लाभांश दिनेछ। गत वर्ष कम्पनीले विद्युत बिक्रीमार्फत ७२ करोड ४४ लाख रूपैयाँ आर्जन गरेको थियो।

images
images

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ७७ करोड ५० लाख रूपैयाँ कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १००.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१९ प्रतिशत घटेको थियो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ७३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रूपैयाँ ८४ पैसामा रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०५ रूपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ। ३ अर्ब ४० करोड ९० लाख रूपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रूपैयाँ रहेको छ।

लगानी विस्तार गर्दै

भारतीय कम्पनीसँग मिलेर ३ खर्बभन्दा बढी लगानीमार्फत हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ। गत असारमा बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब ररुपैयाँ लगानीमा कम्तीमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको थियो। पछि भारतीय कम्पनीसँग नजिक हुन पुगेको छ।

चिनियाँसँग मिलेर बनाउँदा बिजुली बिक्रीको बजार नै नपाउने देखिएपछि बुटवल पावरले चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट टाढा भएर भारतीय कम्पनीसँग मिलेर अगाडि बढ्ने गरी काम अगाडि बढाएको छ। 

३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो, भारतीय कम्पनीसँग सम्झौता गर्दै ३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो, भारतीय कम्पनीसँग सम्झौता गर्दै


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend