बिहीबार , असोज ३ गते २०८१    
images
images

एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान

images
बिहीबार , कात्तिक १६ २०८०
images
images
एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान

पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

images
images

काठमाडौं- हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ। पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

images
images
images

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के-४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन्। यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो।

यसबाहेक एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ। एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनपीसीसँगको सहकार्यले पलेशाजस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको बताए।

images

'पलेशाको यो ऐतिहासिक उपलब्धिबाट हामी हर्षित छौँ। यो जित नेपालका पारा-एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो', उनले भने, 'पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो।'

यस्तै पदक विजेता पलेशाले पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्ट्रिय सफलता दिलाउने विश्वास लिएको बताइन्।

'एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु', उनले भनिन्, 'हामीजस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरै-धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु।'

पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन्। 

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा १९ जना नेपाली पारा खेलाडीहरुले देशको प्रतिनिधित्व गरेका थिए।

एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो। यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend