सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

मनाङमा ६ महिनामा नौ हजार सातसय बढी पर्यटक भित्रिए

images
बिहीबार , कात्तिक १६ २०८०
images
images
मनाङमा ६ महिनामा नौ हजार सातसय बढी पर्यटक भित्रिए

दैनिकरुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए। पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापार व्यवसायमा उत्साह थपिएको उनको भनाइ थियो। 

images
images

मनाङ- हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकुल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ। यस वर्षको बैशाखदेखि असोज मसान्तसम्म कुल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ।

images
images
images

यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए। उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन्। यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन्।

images
images

असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन्। भुजेलका अनुसार बैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ। गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिए।

images
images
images

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए। 'यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो। पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ। यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ', उनले भने। यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आबद्ध रहेका छन्।

आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए। 'सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ। यसले व्यावसायीलाई उत्साह थपेको छ', उनले भने, 'आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ।'

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो। 'बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन्। जसले गर्दा उहाँहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ। आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा समस्या हुने गरेको छ', उनले भने, 'यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै होटल बुकिङ भइसक्ने भएकाले होटल तथा अन्य व्यवस्थासम्बन्धी जानकारी लिएर आउन न आग्रह गर्दछु।'

अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ। अहिले नेपालीहरु प्नि घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताए।

आन्तरिक पर्यटकको तथ्यांक नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिए।

दैनिकरुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए। पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापारव्यावसायमा उत्साह थपिएको उनको भनाइ थियो। 

'हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समय गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकुल समय मानिन्छ। यसै समयलाई मध्यनजर गरी यहाँ पर्यटक आउने गर्दछन्', व्यवसायी गुरुङले भने, 'पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै यहाँबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्छन्।' 

अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ-आफ्नो गन्तव्यतर्फ जाने गर्दछन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो। पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेषगरी मुस्ताङ पुग्ने गर्दछन्। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्।

काठमाडौं, पोखरा, चितवन, बुटवललगायत स्थानबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत यहाँ आउन सकिन्छ। पदमार्गबाट यहाँका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुवात गर्न सकिन्छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend