बुधबार, मंसिर १९ गते २०८१    
images
images

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियानअन्तर्गत तार्जनले जिते एक लाख

images
बिहीबार , कात्तिक १६ २०८०
images
images
डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियानअन्तर्गत तार्जनले जिते एक लाख

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

images
images

काठमाडौं- डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत तार्जन गुरुङले एक लाख रूपैयाँ जितेका छन्।सोमबार भएको लक्की ड्रमार्फत ०२५५८०५९९६७ कास आईडीका ग्राहक गुरुडले नगद एक लाख जितेका हुन्।

images
images
images

डिशहोमले दसैँतिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

images

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख रूपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

images

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

असोज १ देखि सुरु भएको यो अफर सीमित अवधिका मात्र लागु हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend