आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

भिजन लुम्बिनीको आईपीओ खुल्यो, कति दिने आवेदन?

images
बिहीबार , कात्तिक १६ २०८०
images
भिजन लुम्बिनीको आईपीओ खुल्यो, कति दिने आवेदन?

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण सेयर निष्कासन गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

images
images

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

images
images
images

माछापुच्छ्रे-२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

images
images

उनका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण सेयर निष्कासन गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

images
images

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता सेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे-१, २, ३, ४ र पोखरा महानगरपालिका-१९ का स्थानीयवासीका लागि जारी गरिएको सेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो। प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता सेयर बिक्री हुन सकेको थिएन।

सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताए।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ।

माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। आयोजनाको लगानी पाँच अर्ब २० करोड रूपैयाँ रहेको छ। यसमा तीन अर्ब ५० करोड रूपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आईपीओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend