आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पुडासैनी र अर्याल सचिवमा बढुवा

images
बिहीबार , कात्तिक १६ २०८०
images
पुडासैनी र अर्याल सचिवमा बढुवा

निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि सहसचिव विश्वबाबु पुडासैनी र राधिका अर्याल सचिव बनेका हुन्।

images
images

काठमाडौं- सरकारले सहसचिव विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुडासैनी र अर्याललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

images
images
images

मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिकतर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन्।

images
images

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषद्‌मा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन्।

images
images

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन्। उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो।

इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफारिस भएको थियो। वरिष्ठताका आधारमा चार पटक सिफारिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौँ पटक भने एकलरुपमा सिफारिस भएसँगै मन्त्रिपरिषद् बैठकले उनलाई सचिव बनाउने पक्का थियो।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend