शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विश्व बैंकलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव- शब्दजाल बुनेर नेपालजस्ता देशको उन्नति हुँदैन

images
बिहीबार , कात्तिक १६ २०८०
images
विश्व बैंकलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव- शब्दजाल बुनेर नेपालजस्ता देशको उन्नति हुँदैन

‘ग्रिन, रेजिलियन्ट र इन्क्लुसिभ आकर्षक शब्द हुन्। यी शब्द यस्ता हुन् कि जो स्वर्गका समानार्थी जस्ता हुन्। स्वर्ग कसलाई मन पर्दैन? तर त्यहाँसम्म कसरी पुग्ने? कसलाई थाहा छैन’ उनले उल्लेख गरेका छन्। 

images
images

काठमाडौं-  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विश्व बैंकको नीतिको आलोचना गरेका छन्। समाजिक सञ्जाल एक्समा एक लेख्दै नेपालका सन्दर्भमा विश्व बैंकले लिएको नीतिको आलोचना गरेका हुन्। 

images
images
images

शब्दजाल बिछ्याउने तथा सबैलाई एउटै नीतिगत डालोमा राखेर लाद्ने काम भइरहेको भन्दै उनले यसबाट नेपालको उत्थान नहुने बताएका हुन्। विश्व बैंककी म्यानेजर आना बजेर्डेको पोष्टमा कोट गर्दै उनले ‘वान साइज फिट फर अल’ को नीति लाद्ने काम बन्द गर्न आग्रह गरेका छन्। 

images
images

हरित, उत्थानशील र समावेशी विकासका लागि विश्व बैंकले नेपालमा पछिल्लो समय अभियान चलाइरहेको छ। दातृ निकायलाई एकीकृत गर्दै एउटै अभियानमा रकम परिचालन गर्न बैंकले नेतृत्व गरेको छ। 

images
images

तर यी शब्द राम्रो भएपनि यस्तो लक्ष्य प्राप्त गर्नका लागि के गर्नुपर्छ भनेर स्थानीय र क्षेत्रीय सन्दर्भमा ठोस कार्ययोजना आउनुपर्ने उनले उल्लेख गरेका छन्। तर विश्व बैंकले मिठो शब्दाजाल बुन्नेमात्र गरेको उनको आसय छ। 

‘ग्रिन, रेजिलियन्ट र इन्क्लुसिभ आकर्षक शब्द हुन्। यी शब्द यस्ता हुन् कि जो स्वर्गका समानार्थी जस्ता हुन्। स्वर्ग कसलाई मन पर्दैन? तर त्यहाँसम्म कसरी पुग्ने? कसलाई थाहा छैन’ उनले उल्लेख गरेका छन्। 

नेपाल र नेपालजस्तै अल्पविसित मुलुकहरूको आधारभूत समस्या कृषिमाथिको निर्भरता, न्यून उत्पादकत्व र बाह्य निर्भरता रहेको उनको भनाइ छ। कुशासन र अव्यवस्थाजस्ता समस्याहरू समाधान नगरि यस्ता देशको विकास नहुने उनको भनाइ छ। 

विश्व बैंकको शब्दजालको आलोचना गरेका भट्टराईले आफ्नो पार्टीको विकास नीति भन्दै शब्दजालको प्रचार भने गरेका छन्। उनले ग्रोथ, इक्विटी, सस्टेनबिलिटी र ह्याप्पिनेसको मोडलर आफ्नो पार्टीले अघि सारेको उल्लेख गरेका छन्। 


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend