काठमाडौं- सीडीएस एण्ड क्लियरिङ सीडीएससीले आईपीओको नतिजा अब १० मिनेटमै हेर्न पाउने व्यवस्था गरेको छ।
सीडीएसले आईपीओको नतिजा हेर्नको लागि तयार पारेको वेबसाइटलाई अप्टिमाइज गरेपछि नतिजा आएको १० मिनेटमै हेर्न पाउने व्यवस्था गरेको हाे।
अब बिक्री प्रबन्धकले आईपीओ बाँडफाँटको विवरण सीडीएसलाई उपलब्ध गराएको ५ देखि १० मिनेटभित्र लगानीकर्ताले आईपीओको नतिजा हेर्न सक्ने छन्। यसअघि भने सीडीएसले डाटा पाएको २ देखि ३ घण्टापछि मात्र लगानीकर्ताले आईपीओको नतिजा हेर्न पाउने गरेका थिए।
मेरो सेयरमा नतिजा आउन भने समय लाग्ने सीडीएसले जनाएको छ। आईपीओ परे नपरेको विवरण आईपीओ बाँडफाँट गरिसकेपछि मेरो सेयरमा रहेको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ।