मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

पोखराको आन्तरिक पर्यटन चलायमान बनाउन पूर्वी नेपालका सहरमा ‘जाउँ है पोखरा' अभियान

images
बुधबार, कात्तिक १५ २०८०
images
images
पोखराको आन्तरिक पर्यटन चलायमान बनाउन पूर्वी नेपालका सहरमा ‘जाउँ है पोखरा' अभियान

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम सुरु गर्न लागिएको हो।

images
images

गण्डकी- होटल संघ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ।

images
images
images

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

images

संघले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको जानकारी दिए।

images
images
images

'अभियानले पोखरामात्र नभइ नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ', उनले भने, 'कोरोना महामारी लगायतका विभिन्न विपत्तिका कारण प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनले विशेष योगदान पुर्‍याएको छ।'

पूर्व नेपालमा गर्न लागिएका प्रवर्द्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, विर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend