शनिबार, साउन १२ गते २०८१    
images
images
images

बेलायतको यूके एक्सपोर्ट फाइनान्सले नेपालको नवीकरणीय ऊर्जामा साढे २ खर्ब लगानी गर्ने प्रस्ताव

images
बुधबार, कात्तिक १५ २०८०
images
images
बेलायतको यूके एक्सपोर्ट फाइनान्सले नेपालको नवीकरणीय ऊर्जामा साढे २ खर्ब लगानी गर्ने प्रस्ताव

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफुहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए।

images

काठमाडौं- यूके एक्सपोर्ट फाइनान्सले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा १ अर्ब ५० अर्ब पाउन्ड स्ट्रलिङ (२ खर्ब ४४ अर्ब रुपैयाँ बरार) लगानी गर्ने प्रतिबद्धतता गरेको छ।

images
images

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १ अर्ब ५० करोड पाउन्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका छन्।

images

अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको छलफलपछि नेपालमा ऊर्जा क्षेत्र ठूलो लगानी गर्न तयार रहेको उनले बताए। लन्डनमा जारी उच्चस्तरीय लगानी सम्मेलनमा भएको छलफलमा बेलायतका विभिन्न एजेन्सीहरु नवीकरणीय उर्जामा लगानी गर्न तयार रहेको पाइएको अर्थमन्त्री महतले जानकारी दिए। नेपालमा लगानीको सम्भावना पर्याप्त रहेको र लगानी गर्न स्रोतको अभाव भएको भन्दै बेलायतलाई लगानी गर्न आग्रह गरिएको छ। बेलायतको सरकारी कम्पनी यूके एक्सपोर्ट फाइनान्सले लगानी ठूलो गर्न चाहेको समेत देखिएको अर्थमन्त्री महतले बताए।  

अर्थमन्त्री महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको छलफलमा बताएका थिए। लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलन गरेको छ। सो अवसरमा बेलायतका ठूला लगानीकर्ता तथा सरकारी एजेन्सीहरु सहभागि भएका थिए। सोही अवसरमा कम्पनी नेपालमा लगानी गर्न तयार भएको हो।

images

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा लगानी सम्मेलनको आयोजना गरेको हो।

अर्थमन्त्री महतले नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको गरेको बताउँदै लगानी गर्न आग्रह गरेका थिए।

बेलायताले नेपालले विद्युत उत्पादनमा लगानीको चासो देखाएका छ। सोही कारण पनि लगानीकर्ताहरुले नेपाल र भारतको विद्युत व्यापार सम्झौतामा चासो देखाएका थिए। विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभइ दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने अर्थमन्त्री महतले जानकारी दिएका थिए।

नेपालमा पछिल्लो समय ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिँदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए।

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफुहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend