आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या, श्रम स्वीकृतिको काम प्रभावित

images
बुधबार, कात्तिक १५ २०८०
images
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या, श्रम स्वीकृतिको काम प्रभावित

फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने गरेको श्रमिकको ओरेन्टेसन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनका लागि काम भइरहेको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए।

images
images

काठमाडौं- वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ।

images
images
images

उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए।

images
images

उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनःसञ्चालनका लागि काम भइरहेको छ।

images
images

फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए। अधिकृत शाहीले भने, 'काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिन यतादेखि काम गरिरहेका छन्।'

यसैगरी विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेसन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनरोध पनि गरेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend