शनिबार, साउन १२ गते २०८१    
images
images
images

इतिहासमै पहिलोपटक एकै महिना १ लाख १७ हजार पर्यटक नेपाल भ्रमणमा

चिनियाँभन्दा अमेरिकन र बेलायती बढी

images
बुधबार, कात्तिक १५ २०८०
images
images
इतिहासमै पहिलोपटक एकै महिना १ लाख १७ हजार पर्यटक नेपाल भ्रमणमा

पर्यटन इतिहासमा नेपाल भ्रमणमा एकै महिनामा सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।  २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

images

काठमाडौं- पर्यटन इतिहासमा नेपाल भ्रमणमा एकै महिनामा सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।  २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

images
images

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार यो एकै महिनामा सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

images

उनका अनुसार कोभिड अगाडि २०१९ को अक्टोबरमा सबैभन्दा बढी पर्यटक १ लाख १३ हजार ८ सय १६ पर्यटक नेपाल भ्रमणमा आएका थिए। कोभिडपछि बिस्तारै लयमा फर्किएको पर्यटनमा पर्यटक आगमन बिस्तारै बढ्दो थियो।

बोर्डका अनुसार सन् २०२३ मा १० लाख पर्यटक पुग्नेमा निश्चितजस्तै भएको छ। सरकारी लक्ष्य पनि सन् २०२३ मा १० लाख पर्यटक नेपाल भ्रमणमा आउने थियो।

images

सन् २०२३ को १० महिनामा नै ८ लाख ९ जार ६ सय ६८ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। पर्यटकको संख्या बढेसँगै नेपाल भ्रमणमा आउने पर्यटकमा युरोप तथा अमेरिकी नागरिकको संख्या बढ्नु पर्यटनका लागि सुखद् क्षण भएको लामिछानेले बताए। 

चिनियाँभन्दा अमेरिकन र बेलायती पर्यटक बढी

अक्टोबरमा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। भारतबाट भ्रमणमा आउने पर्यटकको संख्या १८ हजार ४ सय ८० रहेको छ। यसैगरी दोस्रोमा अमेरिकी पर्यटक छन्। अमेरिकाबाट मात्रै १४ हजार ८ सय ७९ जना रहेका छन् भने बेलायतबाट ८ हजार २ सय १७ जना पर्यटक नेपाल भ्रमणका आएका छन्। 

चौथोमा चीनबाट ६ हजार ८ सय ८० जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यसैगरी अष्ट्रेलियाबाट ६ हजार ७५ र जर्मनीबाट ५ हजार ९ सय १६ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

398204940_843565580597847_9175496985153003872_n.jpg


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend