बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

सात वर्षमा पनि बनेन अजुवा खोलाको पुल, पाँचाैँ पटक म्याद थपको तयारी

images
बुधबार, कात्तिक १५ २०८०
images
images
सात वर्षमा पनि बनेन अजुवा खोलाको पुल, पाँचाैँ पटक म्याद थपको तयारी

कुल चार करोड रूपैयाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको ठेकेदार कम्पनीलाई तीन करोड २० लाख भुक्तानी भइसकेको छ। पुलको भौतिक प्रगति भने सात वर्षमा ८३ प्रतिशतमात्र रहेको छ।

images
images

गोरखा- गोरखाको बेनीघाट-आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। आरुघाट गाउँपालिका-३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो।

images
images
images

११ किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो। विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

images

सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ। पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्रयाइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ।

images
images
images

निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटकपटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो।

कुल चार करोड रूपैयाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई तीन करोड २० लाख भुक्तानी गरिसकेको छ। पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताए।

ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायतका काम बाँकी नै रहेको छ। ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उनको भनाइ छ।

तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। 'ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ', उनले भने।

चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend