बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

१० हजार टन चिनी खरिद गर्दै साल्ट ट्रेडिङ, ३ दिनको समय दिएर टेन्डर आह्वान

images
बुधबार, कात्तिक १५ २०८०
images
images
१० हजार टन चिनी खरिद गर्दै साल्ट ट्रेडिङ, ३ दिनको समय दिएर टेन्डर आह्वान

भारतले चिनी निर्यात नखोल्दासम्म तिहारमा चिनीको आपूर्ति समस्या झन् बल्झिने भएको छ। दसैँमा भएको चिनीको अभाव अझै टरेको छैन। यस्तोमा झन् धेरै चिनीको माग तथा खपत हुने तिहारमा झन समस्या हुने भएको छ।

images
images

काठमाडौं- आउँदै गरेको तिहार तथा छठ पर्वमै नेपाली बजारमा चिनीको अभाव हुने देखिएपछि साल्ट ट्रेडिङले चिनी आयातको टेन्डर आह्वान गरेको छ।

images
images
images

साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट चिनी ल्याउनका लागि भन्दै टेन्डर आह्वान गरेको छ। तीन दिनको समय दिएर संस्थाले १० हजार टन चिनी आयातका लागि टेन्डर खुलाएको हो। आज खुलाइएको टेन्डरमा ३ नोभेम्बरसम्म टेन्डर बुझाउनुपर्ने छ।

images

यद्यपि यो टेन्डरबाट आएको चिनीले तिहारको बजारलाई भने सहयोग गर्ने छैन। बजारमा चिनीको अभाव चर्किएको धेरै भएपछि संस्थाले बल्ल आएर चिनी आयातका लागि टेन्डर खुलाएको हो। 

images
images
images

भारतले चिनी निर्यात नखोल्दासम्म तिहारमा चिनीको आपूर्ति समस्या झन् बल्झिने भएको छ। दसैँमा भएको चिनीको अभाव अझै टरेको छैन। यस्तोमा झन् धेरै चिनीको माग तथा खपत हुने तिहारमा झन समस्या हुने भएको छ। भारतले प्रतिबन्धको समयसमीमा बढाएपछि नेपाली बजारमा आपूर्ति समस्या बल्झिने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले भारतले चिनी निर्यात नखोल्दासम्म आपूर्ति व्यवस्थापन हुनेमा कठिन रहेको बताएका छन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले चिनीको आपूर्ति समस्या समाधानका लागि सहज नभएको बताएका हुन्।

चिनीको आपूर्ति व्यवस्था मिलाउनका लागि सरकारले सकेसम्मको पहल गरेको तर पनि यो पर्याप्त नहुने उनको भनाइ छ।

नेपालको आफ्नै उत्पादन क्षमता १ लाख ५० हजार टन भएको तर माग भने २ लाख ८० हजार रहेको छ। आयातमै भर पर्नुपर्नेमा भारतले यही बेला प्रतिबन्ध लगाउँदा समस्या भएको उनको भनाइ छ। 


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend