बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

तिहारमा चिनी व्यवस्थापन झन कठिन, सचिव भन्छन्- भारतले प्रतिबन्ध नखोल्दासम्म समस्या कायमै 

images
मंगलबार, कात्तिक १४ २०८०
images
images
तिहारमा चिनी व्यवस्थापन झन कठिन, सचिव भन्छन्- भारतले प्रतिबन्ध नखोल्दासम्म समस्या कायमै 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले चिनीको आपूर्ति समस्या समाधानका लागि सहज नभएको बताएका हुन्। 

images
images

काठमाडौं- भारतले चिनी निर्यात नखोल्दासम्म तिहारमा चिनीको आपूर्ति समस्या झन बल्झिने भएको छ। 

images
images
images

दशैँमा भएको चिनीको अभाव अझै टरेको छैन। यस्तोमा झन धेरै चिनीको माग तथा खपत हुने तिहारमा झन समस्या हुने भएको छ। भारतिले प्रतिबन्धको समयसमीमा बढाएपछि नेपाली बजारमा आपूर्ति समस्या बल्झिने भएको छ। 

images

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले  भारतले चिनी निर्यात नखोल्दासम्म आपूर्ति व्यवस्थापन हुनेमा कठिन रहेको बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले चिनीको आपूर्ति समस्या समाधानका लागि सहज नभएको बताएका हुन्। 

चिनीको आपूर्ति व्यवस्था मिलाउनका लागि सरकारले सकेसम्मको पहल गरेको तर पनि यो पर्याप्त नहुने उनको भनाइ छ। 

नेपालको आफ्नै उत्पादन क्षमता १ लाख ५० हजार टन भएको तर माग भने २ लाख ८० हजार रहेको छ।  आयातमै भर पर्नुपर्नेमा भारतले यही बेला प्रतिबन्ध लगाउँदा समस्या भएको उनको भनाइ छ। 

भारतले सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। यसअघि अक्टोबर ३१ सम्मका लागि भनेर प्रतिबन्ध लगाएको भारतले अर्को सूचना नभएसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको हो। भारतीय वैदेशिक व्यापार निर्देशनालयले सूचना जारी गर्दै विभिन्न प्रकारका सुगरको निर्यातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको हो। यद्यपि यो प्रतिबन्ध युरोप र अमेरिकाका लागि लागु नहुने भएको छ। गएको वर्ष नै कोटा निर्धारण भएको थियो। चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध अक्टोबर अन्त्यसँगै खुल्ने र त्यसपछि नेपाली बजारको व्यवस्थापन सहज हुने अनुमान गरिएको थियो। तर भारतले निर्यातमा प्रतिबन्धको निरन्तरता दिएसँगै कठिन हुने देखिएको छ। तिहार र छठजस्ता पर्वमा चिनीको उच्च माग हुने गर्छ।

 

 

 

 

 

 

 


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८०१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend