बुधबार, वैशाख १९ गते २०८१    
images
images

बंगलादेशमा बिजुली निर्यात याे वर्ष असम्भव, दुईपक्षीय अन्तिम सम्झौता नै टर्दै

images
images
images
बंगलादेशमा बिजुली निर्यात याे वर्ष असम्भव, दुईपक्षीय अन्तिम सम्झौता नै टर्दै

भारतले पनि विद्युत नकिन्दा दसैँमा दैनिक ५ सय मेगावाट खेर गएको थियो। जेठदेखि असोजसम्म नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ८० करोड २८ लाख रूपैयाँको बिजुली भारतमा निर्यात गरेको थियो।

images
images

काठमाडौं- बंगलादेशमा गत असोजदेखि नै ४० मेगावाट बिजुली बिक्री गर्ने भनेपनि हालसम्म पनि निर्यातको बाटो खुलेको छैन। अब चालु वर्षमा विद्युत बिक्री मंसिरसम्म मात्रै भएकोले यो वर्ष बंगलादेश पठाउने सम्भावना कम हुँदै गएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

images
images
images

नेपाल र बंगलादेश दुवै पक्षले लागु हुने महसुलबारे वार्ता गर्न बाँकी रहेकाले नोभेम्बरको अन्त्यमा पठाउने भनिए पनि अहिलेसम्म विद्युत प्राधिकरण अन्योलमै रहेको छ।

images

यसअघि दुई पक्षबीच ४० मेगावाट विद्युत् निर्यातका लागि पाँच वर्षीय विद्युत् बिक्री सम्झौता भइसकेको भए पनि बंगलादेशी पक्षले नेपालको विद्युत् खरिदका लागि कुनै प्रतिक्रिया अहिलेसम्म पनि पठाएका छैनन्।

images

बंगलादेशमा बिजुली निर्यातको लागि अहिलेसम्म पनि दुई पक्षको अन्तिम सहमति भइसकेको छैन। दुई पक्षबीच सहमति भए पनि बंगलादेशतर्फ जाने विद्युतको पारवहन मुलुक भारतसँगको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुपर्छ। भारतले सहमति दिने बताए पनि अहिलेसम्म त्रिपक्षिय छलफल हुन सकेको छैन।

images
images

निर्धारित प्राधिकरणद्वारा विद्युतको आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति र सहजीकरणको प्रक्रियाले त्रिपक्षीय सम्झौताअन्तर्गत भारतीय ग्रिड प्रयोग गरी विद्युत प्रसारण गर्न दिल्लीको अनुमति आवश्यक पर्दछ।

नेपालका अधिकांश जलविद्युत आयोजना रन अफ रिभर मोडलमा निर्माण भएकाले नदीमा पानीको सतह उच्च हुँदा हिउँदको समयमा बढी बिजुली उत्पादन गर्ने गरेको छ। जाडोमा धेरैजसो परियोजनाहरूले तिनीहरूको स्थापित क्षमताभन्दा धेरै कम उत्पादन गर्छन्।

नेपाल र बंगलादेशबीच बैशाखमा भएको द्विपक्षीय बैठकमा यो सिजनदेखि भारतको प्रसारण पूर्वाधारमार्फत बंगलादेशमा विद्युत् निर्यात गर्न पहल गर्ने सहमति भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले करिब पाँच महिनाअघि भारत भ्रमण गर्दा दक्षिणी छिमेकीले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल र भारतले (प्रक्रिया) छिट्टै पूरा गर्न चाहन्छन्। राजनैतिक स्वीकृति पाएपछि दुवै पक्षले महसुलका विषयमा वार्ता गर्ने भनिएपनि ढिलाइ भएको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।  जेठ मसान्तमा बंगलादेशमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठकमा प्राधिकरण, बंगलादेश विद्युत विकास बोर्ड र एनभीभीएनबीच यस्तो सम्झौता गर्ने सहमति भएको थियो।

प्राधिकरणले २४ मेगावाटको त्रिशूली आयोजना र अर्को प्लान्टबाट उत्पादित ४०-४१ मेगावाटको संयुक्त निर्यात बंगलादेशमा बिक्री गर्ने योजना बनाएको छ। यो सम्झौता कार्यान्वयन भएमा तेस्रो मुलुकमा नेपालको पहिलो ऊर्जा निर्यात हुनेछ। नेपाल र भारतको सिमाना नभएकाले बंगलादेशमा ऊर्जा निर्यात गर्न नेपाललाई दक्षिणी छिमेकीको सहयोग चाहिन्छ।

भारतको पनि आनाकानीले बिजुली खेर

भारतले पनि विद्युत नकिन्दा दसैँमा दैनिक ५ सय मेगावाट खेर गएको थियो। जेठदेखि असोजसम्म नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ८० करोड २८ लाख रूपैयाँको बिजुली भारतमा निर्यात गरेको थियो। वर्षायामको बिजुली निर्यात गरेर सो रकम आम्दानी गरेको हो। प्राधिकरणले गत जेठ २८ बाट भारतीय बजारमा बिजुली बिक्री सुरु गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रूपैयाँको विद्युत् निर्यात भएको छ। 

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा रहेको छ। गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रूपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो। जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रूपैयाँ ६७ पैसा थियो। 

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रूपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ। तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।

साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमश: ८ रूपैयाँ ४३ पैसा,  ११ रूपैयाँ ९७ पैसा र १० रूपैयाँ २० पैसा रहेको छ। तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा छ।

images

प्रकाशित : बुधबार, कात्तिक १५ २०८००१:२०

प्रतिक्रिया दिनुहोस