शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेपालगञ्ज वितरण केन्द्रले दुई दिनमा पाँच हजार ग्राहकबाट उठायो एक करोड ८० लाख विद्युत बक्यौता

images
मंगलबार, कात्तिक १४ २०८०
images
नेपालगञ्ज वितरण केन्द्रले दुई दिनमा पाँच हजार ग्राहकबाट उठायो एक करोड ८० लाख विद्युत बक्यौता

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले दुई दिनको अवधिमा एक करोड ८० लाख ६८ हजार छ सय ७० बक्यौता असुली गरेको छ।

images
images

नेपालगञ्ज- नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ। उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा एक करोड ८० लाख ६८ हजार छ सय ७० बक्यौता असुली गरेको छ।

images
images
images

अभियानअन्तर्गत सोमबार दुई हजार पाँच सय ४७ ग्राहकबाट ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट ९५ लाख २६ हजार आठ सय रूपैयाँ बक्यौता असुली भएको केन्द्रले जनाएको छ।

images
images

विद्युत् बक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको १७ लाख ६० हजार रकम संकलन भएकामा ६१ जनाको पुनः लाइन जोडी नौ लाख १२ हजार आठ सय रूपैयाँ बक्यौता पनि असुली भएको थियो।

images
images

त्यस्तै एक सय ६३ जनाको ११ लाख ८७ हजार चार सय ६० रूपैयाँ बक्यौता असुली भएकामा २१ जनाको पुनः लाइन जोडेर आठ लाख ७४ हजार ६० रूपैयाँ बक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ। मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुसालले जानकारी दिए।

प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर संकलनको दोबर रकम संकलन भएको बताइएको छ। त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट १२ लाख ३१ हजार ५ सय ६ रूपैयाँ बक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएको जनाएको छ।

विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८०१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend