बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एआईको साथमा उद्योगलाई पुनःआकार दिँदै मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै हुवावे क्लाउड

मंगलबार, कात्तिक १४ २०८०
एआईको साथमा उद्योगलाई पुनःआकार दिँदै मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै हुवावे क्लाउड

हुवावे क्लाउडले सबै प्रकारका आधारभूत मोडलहरू अँगाल्नुका साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको हुवावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले बताए।

काठमाडौं- हुवावे कनेक्ट २०२३ मा, हुवावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी 'साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्छ' भन्ने बारेमा चर्चा गरेका छन्।

आफ्नो मन्तव्यका क्रममा श्रीकाङले हुवावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरका लागि एससेन्ड एआई क्लाउड सेवाको घोषणा गरेका छन्। एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुनेछ।

'हुवावे क्लाउडले सबै प्रकारका आधारभूत मोडलहरू अँगाल्नुका साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ', उनले भने, 'पंगु मोडलहरूमा नयाँ आविष्कार गरौँ र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔँ।'

५ लाख डेभलपर र ४२ हजार साझेदारहरू हुवावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू हुवावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन्। त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पीओसी परीक्षणको लागि आवेदन दिएका छन्।

एससेन्ड एआई क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउँछ। यसले बहुमुखी पूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डेभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउँछ। विशेषगरी यसमा मुख्य धाराका एआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, हुवावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ। त्यसैले डेभलपरहरूले आफ्ना अत्याधुनिक स्टेट अफ द आर्ट (यसओटीए) मोडेलहरू वा अन्य मोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरूसहित स्थानान्तरण गर्न सक्छन्।

हुवावे क्लाउडले डेभलपरहरूमा ध्यान केन्द्रित गरी खुला ग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र हुवावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो। यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन्।

हुवावे क्लाउडले डेभलपरहरूलाई पनि उच्च दक्षताको यात्रामा लैजान्छ। फाउन्डेसनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड-अन अनुभवका साथ प्रमाणित र मान्यताप्राप्त गर्ने मौकाको बनाइएका छन्।

एक सम्पन्न इकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्त प्रयास पनि आवश्यक छ। हुवावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओ फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ। यीउपलब्धिहरूले सबै उद्योगहरूमाथप सम्भावनाको संकेत गरिरहेका छन्।


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend