शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अन्नपूर्ण आधार शिविर पुगेर राष्ट्रसंघका महासचिवले गरे जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोगको प्रतिबद्धता

images
मंगलबार, कात्तिक १४ २०८०
images
अन्नपूर्ण आधार शिविर पुगेर राष्ट्रसंघका महासचिवले गरे जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोगको प्रतिबद्धता

विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको र त्यसको नतिजा नेपालले भोगिरहेको महासचिव एन्टोनियो गुटेरेसले बताए।

images
images

गण्डकी- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images
images

आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए। जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख गरे।

images
images

विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए।

images
images

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे।

नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

महासचिव गुटेरेस भ्रमण दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहित आधार शिवर पुगेका थिए। रासस


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend