आइतबार, भदौ २३ गते २०८१    
images
images

दोस्रो बजारको ‘हट केक' मञ्जुश्रीले कति दिन सक्ला लाभांश?

images
मंगलबार, मंसिर ७ २०७८
images
images
दोस्रो बजारको ‘हट केक' मञ्जुश्रीले कति दिन सक्ला लाभांश?

फाइनान्सको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड रुपैयाँ छ भने रिटेन अर्निङ ४८ करोड रुपैयाँ छ। संस्थाले गत वर्ष नियमित वित्तीय सेवा भन्दा पनि नन अपरेटिङ इनकम मार्फत मुनाफाम उल्लेख बृद्धि गर्यो।

images
images

काठमाडौं- दोस्रो बजारका ‘हट केक’ मञ्जुश्री फाइनान्सले अहिलेसम्म लाभांश घोषणा गरेको छैन। फाइनान्सले सर्वाधिक लाभांश दिने सक्ने अनुमान सँगै पछिल्लो समय सर्वाधिक लगानीकर्ताको रोजाइमा परेको यो फाइनान्सको प्रति सेयर आम्दानी ५८ रुपैयाँ रहेको छ। विगत एक वर्षको अवधिमा मात्रै संस्थाको १६ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ।

images
images
images

फाइनान्सको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड रुपैयाँ छ भने रिटेन अर्निङ ४८ करोड रुपैयाँ छ। संस्थाले गत वर्ष नियमित वित्तीय सेवा भन्दा पनि नन अपरेटिङ इनकम मार्फत मुनाफाम उल्लेख बृद्धि गर्यो।

संस्थाको दोस्रो तेस्रो त्रैमाशिक अवधिमै राम्रो प्रतिसेयर आम्दानी देखिएको हुँदा सेयर मूल्यमा क्रमिक सुधार देखिन थालेको थियो। यसै क्रममा दोस्रो बजारका केहि ठुला खेलाडीले यस कम्पनीको सेयर मूल्यलाई एकाएक बढाउन थाले।

नेपाल राष्ट्र बैंकका गभर्नरले सार्वजनिक कार्यक्रममा विकास बैंक तथा फाइनान्सहरुलाई अव मर्ज हुन नदिने र बचाउने भन्ने किसिमको अभिव्यक्ति दिए पछि दुबै समुका बैंक वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको थियो।

images

यसै क्रममा मञ्जुश्री फाइनान्स दोस्रो बजारमा खेलाडी दिपेन्द्र अग्रवाले खुलेआम लगानीकर्तालाई किन्न आह्वान गरे। उनले क्लब हाउस तथा प्रत्यक्ष भेटघाटका क्रममा मञ्जुश्रीको सेयर १५ सय नघाउने भन्दै हल्ला गरे । त्यस पछि यसको सेयरमा साना ठुला सबै लगानीकर्ताको अत्याधिक आकर्षण देखियो।

विगत एक वर्षको अवधिमा फाइनान्सको सेयर मूल्य अधिकतम १४५६ रुपैयाँसम्म पुग्यो। न्युनतम ३१९ रुपैयाँ मात्रै छ। कर्नरिङ गर्दै, हल्ला फिजाउदै अत्याधिक मात्रामा बढाइएको यसको शेयर मूल्य अहिले पनि ११४८ रुपैयाँ छ।

संस्थाको लाभांश इतिहास त्यति राम्रो छैन। पूँजी बढाए पछि प्रतिसेयर आम्दानी एकदमै कम थियो। जसले गर्दा बजार वियरिस ट्रेण्डमा हुँदा एक सय भन्दा तल झरेको थियो। संस्थाले पछिल्लो दुई वर्षदेखि आफ्नो व्यवसायमा राम्रो सुधार गरेको देखिन्छ। सुरुका वर्षमा राम्रो मुनाफा आर्जन गर्न नसकेका कारण संस्थाको जगेडा कोष त्यति बलियो छैन। गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिकै मुनाफाबाट लाभांश दिनु पर्ने भएकाले ४० प्रतिशत भन्दा माथि दिन सक्ने देखिन्छ।

संस्थाले गत वर्ष १८ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश दिएको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाको मुनाफामा भारी गिरावट आइसकेको हुँदा प्रतिशेयर आम्दानी ११ रुपैयाँमा खुम्चिएको छ। यसले गर्दा लाभांश घोषणा गर्ने अवधिसम्म मात्रै संस्थाको सेयरमा तिव्र उतारचढाव हुने देखिन्छ।

 

 


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०१:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend