सोमबार, वैशाख २४ गते २०८१    
images
images

एनआरएनएको स्वघोषित अध्यक्ष शर्मालाई सत्ता गठबन्धनको साथ मिल्दा निर्वाचित अध्यक्ष केसी बहिष्करणमा

images
images
images
एनआरएनएको स्वघोषित अध्यक्ष शर्मालाई सत्ता गठबन्धनको साथ मिल्दा निर्वाचित अध्यक्ष केसी बहिष्करणमा

काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनबाट पराजित भएर स्वघोषित अध्यक्ष बनेका राजेन्द्र कुमार (आरके) शर्मालाई समर्थन गरेको सत्ता गठबन्धनले निर्वाचित भएका अध्यक्ष बद्री केसीलाई भने बहिष्कारजस्तै गरेको छ।

images
images

काठमाडौं- सत्तारुढ गठनबन्धनले नै गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अराजकता बढाउने काम गरेको छ। अधिवेशनमा भएको निर्वाचनको परिणामलाई अस्वीकार गर्ने समूहलाई सरकार तथा सत्तारुढ दलले मान्यता दिएर अराजकतालाई बढाउने काम भइरहेको छ।

images
images
images

काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनबाट पराजित भएर स्वघोषित अध्यक्ष बनेका राजेन्द्र कुमार (आरके) शर्मालाई समर्थन गरेको सत्ता गठबन्धनले निर्वाचित भएका अध्यक्ष बद्री केसीलाई भने बहिष्कारजस्तै गरेको छ।

images

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को आशिर्वादमा अध्यक्षमा उठेका शर्मा हारेपछि उनलाई अध्यक्ष घोषणा गर्न लगाएर सत्ता गठबन्धनबाट माओवादी मात्रै होइन कांग्रेसको पनि साथ छ। साथ पनि अवैधानिक अध्यक्ष शर्मालाई रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले समेत अवैधानिक अध्यक्ष शर्मालाई भेटे पनि अध्यक्ष केसीलाई भने भेट्न अस्वीकार गरेका छन्।

images

यता शर्मा र कांग्रेसको समर्थनमा अध्यक्ष उठेका महेशकुमार श्रेष्ठ दुवैले हारेपछि भने एमालेको समर्थन पाएका केसीविरुद्ध यतिबेला सत्ता गठबन्धनको एकमत देखिएको छ। निर्वाचनमा केसीले एक हजार ३ सय ७८ मत ल्याएका थिए भने शर्माले एक हजार दुई सय ८१ र श्रेष्ठले एक हजार दुई सय २५ मत पाएका थिए। अध्यक्षमा स्वघोषणा गरेका शर्माको नेतृत्वमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।

images
images

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन्।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्। यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्।

केसीले भेट नपाउँदा अवैधानिक अध्यक्ष शर्मालाई सबै मन्त्रीको स्वागत

प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी एक हजार ३ सय ७८ मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका थिए।

संघको ६ जना उपाध्यक्षमा डा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित भएका थिए। महिला उपाध्यक्षमा रोजिना प्रधान, युवा उपाध्यक्षमा रोसन थापाले विजयी भएका थिए। संघको महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ  विजयी भएका छन्।

सचिवमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका थिए। महिला सचिवमा टिक गुरुङ, कोषाध्यक्षमा सुदन थापा विजयी भएका थिए।

सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत  र तिलक प्रसाद गैरे विजयी भएका छन् भने महिला सहकोषाध्यक्षमा अमृत थापा विजयी भएका थिए। अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भएका थिए।

निर्वाचनमा हार व्यहोरेपछि अनलाइन भोटिङमार्फत धाँधली गरेको आरोप लगाउँदै शर्मा र श्रेष्ठले परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए। खासगरी परराष्ट्र मन्त्रालयमा तालाचाबी रहेको एनआरएनएमा यतिबेला कांग्रेसको मन्त्री हुँदा निर्वाचित टिमलाई सकस परेको छ। ठूलै शक्ति खर्च गरेर परराष्ट्रमन्त्री भेटेका केसीलाई परराष्ट्र मन्त्रीले नै राम्रो रेस्पोन्स नगरेपछि भने यतिबेला एनआरएनए भन्ने संस्थाको औचित्य सकिएको एनआरएनहरूले नै बताउन थालेका छन्।

उता तीन वर्ष अगाडिकै समस्याले तीन जनाले अध्यक्ष आलोपालो खाएका थिए। जसका कारण शेष घलेसहितको टिमले नयाँ संस्था नै खडा गरेको छ। अहिले पनि फेरि शर्मा र श्रेष्ठ केसीलाई गलाउने र आलोपालो अध्यक्ष बन्ने दाउमा लागेका छन्।

अवैधानिक अध्यक्ष शर्मालाई कुन मन्त्रीले भेटे?

पहिलो चरणमा प्रधानमन्त्री दाहाललाई भेटेर आशिर्वाद थापेका शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटिसकेका छन्। प्रधानमन्त्रीले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए। शर्माको नेतृत्वमा आएको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको समेत बताएका थिए।

यो सन्देशसँगै दाहालले बद्री केसीलाई अध्यक्ष नमान्ने संकेत गरेका थिए। यसले अब चुनाव परिणाम समेत नस्वीकार्ने माओवादी पथमा एनआरएनए मोडिँदा कांग्रेसकै नेता पनि प्रधानमन्त्री दाहालकै पदचापमा हिँडेका छन्। यता अर्थमन्त्री डा. प्रकाशरण महत, परारष्ट्रमन्त्री एनपी साउद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग समेत भेटिसकेका छन्।

स्वघोषित अध्यक्ष शर्माले बालुवाटारको भवनमा गएर पदबहाली समेत गरिसकेका छन्। उनले दसैँ बिदापछि केन्द्रीय कार्यालयबाट नियमित काम गर्ने भनेर भाषणसमेत ठोक्न भ्याएका थिए। 

images

प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००७:३०

प्रतिक्रिया दिनुहोस