शनिबार, साउन १२ गते २०८१    
images
images
images

दसैँ बिदामा २० हजारभन्दा बढी पर्यटकले घुमे निकुञ्ज

images
सोमबार, कात्तिक १३ २०८०
images
images
दसैँ बिदामा २० हजारभन्दा बढी पर्यटकले घुमे निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज पुगेका पर्यटकमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् भने विदेशी ६ हजार ४८ र सार्क देशका ७७९ जनाले भ्रमण गरेका छन्। दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० रूपैयाँ राजस्व संकलन भएको छ।

images

चितवन- दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

images
images

असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन्। जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन्। उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन्।

images

भ्रमणमा आएकामध्ये विदेशी ६ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार सोही समयमा  सात सय ३७ पटक जिप सफारी भएको छ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन्। सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन्। यस क्षेत्रबाट चार सय चार पटक जिप सफारी भएको छ।

images

यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जिप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जिप सफारी गरिएको छ। दसैँको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जिप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जिप सफारी गरिएको उनले बताए। उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जिप सफारी गरिएको छ।

दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० रूपैयाँ राजस्व संकलन भएको छ। तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए। उनले भने, 'गत वर्षहरुको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ।'

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ। दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल संघ अध्यक्ष गंगा गिरीले बताए। कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन्। अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन्।

उनका अनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन्। आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उनले जानकारी दिए। दसैँको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन्।

विभिन्न देशबाट काठमाडौं आएका विदेशी पर्यटक सौराहा आएका छन्। पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन्। सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जिप र डुंगा सफारी चलायमान भएका छन्। दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए।

सौराहामा एक सय २५ होटल र ९५ रेष्टुरेन्ट रहेका छन्। मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ। सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ। निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो। रासस


प्रकाशित : सोमबार, कात्तिक १३ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend