मंगलबार, वैशाख २५ गते २०८१    
images
images

एक वर्षमै टेलिकमका आधा एडीएसएल ग्राहक विस्थापित, फाइबर सञ्जाल विस्तार हुँदै

images
images
images
एक वर्षमै टेलिकमका आधा एडीएसएल ग्राहक विस्थापित, फाइबर सञ्जाल विस्तार हुँदै

पछिल्लो तीन वर्षमा सन्तोषजनक नतिजा देखिएको तर आगामी दिनमा यसले फड्को मार्ने नेपाल टेलिकमको विश्वास छ। २०७५ सालको कात्तिकमा ५ हजारमात्र फाइबर ग्राहक भएको नेपाल टेलिकमसँग २०८० असारसम्म २ लाख  ४८ हजार ३८५ ग्राहक पुगेका छन्।

images
images

काठमाडौं- नेपाल टेलिकम फाइबर सेवा विस्तारमा आक्रामक देखिएको छ। पछिल्ला तीन वर्षमा टेलिकमले आफ्नो फाइबर लाइन विस्तारमा तीव्रता दिएको छ।

images
images
images

२०७५ सालको कात्तिकमा ५ हजारमात्र फाइबर ग्राहक भएको नेपाल टेलिकमसँग २०८० असारसम्म २ लाख  ४८ हजार ३८५ ग्राहक पुगेका छन्।

images

एडीएसएल पुरानो प्रविधि भएकाले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह नभएको र बजारमा सेवाप्रदायीहरूले अप्टिकल फाइबरबाट आक्रामक सेवा दिँदा टेलिकम तारबाट इन्टरनेट वितरण गर्ने सेवामा पछाडि पर्न थालेको थियो।

images

पछिल्लो तीन वर्षमा सन्तोषजनक नतिजा देखिएको तर आगामी दिनमा यसले फड्को मार्ने नेपाल टेलिकमको विश्वास छ।

images
images

टेलिकमले अप्टिकल फाइबर लाइन विस्तार गर्दै एडीएसएल सेवा भने विस्थापन गर्दै जाने नीति लिएको छ। एडीएसएललाई अप्टिकल फाइबरले विस्थापित गर्दै जाने टेलिकमको नीतिलाई तथ्यांकले पनि पुष्टि गर्छ। जसरी अप्टिकल लाइन बढ्दै गएको छ त्यति नै एडीएसएल घट्दै आएको छ।

आर्थिक वर्ष २०७९/८० मा मात्र आधाभन्दा एडीएसएल ग्राहक फाइबारबाट विस्थापित भएका छन्। वर्षको सुरुवातमा ९४ हजार एडीएसएल ग्राहक भएकोमा २०८० को असारसम्म पुग्दा ४३ हजारमा सीमित भएका छन्।

ग्राहकहरूलाई गुणस्तरीय र विश्वसनीय इन्टरनेट सेवा दिनका लागि नयाँ प्रविधि विस्तार गर्ने र यही क्रममा एडीएसएलको ठाउँमा अप्टिकल फाइबर विस्तार गर्ने नीतिअनुसार काम भइरहेको कम्पनीले जानकारी दिएको छ।

असार २०८० सम्म नेपाल टेलिकम कुल ग्राहक २ करोड ३ लाख ६५ हजार ५ सय ३४ पुगेका छन्। यसमा सबैभन्दा धेरै फोरजी इन्टरनेट ग्राहक रहेका छन्। 

फोरजी सेवाको पूर्वाधारमा गरेको लगानी विस्तारबाट ग्राहक संख्यामा वृद्धि भएको छ। नेपाल टेलिकमका १ करोड ३० लाख १५ हजार ३९५ फोरजी ग्राहक रहेका छन्। अर्थात् टेलिकमका कुल जीएसएमए मोबाइल प्रयोगकर्तामध्ये ६० प्रतिशतले फोरजी चलाउने गरेका छन्।

पछिल्लो तीन महिनामा टेलिकमका मोबाइल ग्राहक २.७ प्रतिशतले बढेका छन्। २०७९ को चैतमा १ करोड ९८ लाख रहेकोमा असारमा बढेर २ करोड ३ लाख पुगेका हुन्। यही अवधिमा एनसेलका ग्राहक भने १ प्रतशितले घटेका छन्।

नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ग्राहक भने ५९ लाख ३६ हजार रहेका छन्। थ्रीजी प्रयोगकर्ता भने पछिल्लो समय घटिरहेका छन्। पछिल्लो एक वर्षमा टेलिकमका १५ लाख थ्रीजी प्रयोगकर्ता घटेका छन् भने यही अवधिमा ५४ लाख फोरजी प्रयोगकर्ता थपिएका छन्। 

images

प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००४:३९

प्रतिक्रिया दिनुहोस