शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अब नागरिक एपमा राखिएको लाइसेन्स देखाएरै सवारी चलाउन पाइने

images
सोमबार, कात्तिक १३ २०८०
images
अब नागरिक एपमा राखिएको लाइसेन्स देखाएरै सवारी चलाउन पाइने
images
images

काठमाडौं- नागरिक एपमा राखिएको सवारी चालक अनुमतिपत्र देखाएरै सवारी साधन चलाउन पाइने भएको छ। 

images
images
images

सरकारले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको समयमा नागरिक एपमार्फत देखाएको सवारी लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा ल्याएको हो। 

images
images

यो व्यवस्थासँगै अनिवार्यरुपमा सवारीसम्बन्धी कागजात बोकेर हिँड्नुपर्ने झन्झट हट्ने भएको छ। 

images
images

यसअघि नै पनि यो व्यवस्था कार्यान्वयनमा ल्याउने सरकारको तयारी थियो। तर ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले भौतिकरुपमै कागजात साथमा राख्नुपर्ने र प्रहरी कानूनअनुसार मात्र काम गर्ने भएकाले एप्लिकेसनमा भएका कागजात अमान्य हुने भनेपछि भर्चुअल कागजतले मान्यता पाउन सकेको थिएन।

अब भने नागरिकले यो सुविधा पाउने भएका छन्। 


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend