काठमाडौं- मोरङको एक फार्ममा गरिएको ड्रागन खेतीमा विद्युत लाइटको प्रयोग गरिएको छ। सुनबर्षी नगरपालिकाका वडा नं १ मा रहेको तुर्छा ड्रागन फुट तथा बहुउद्देश्यीय कृषि फार्ममा गरिएको ड्रागन खेतीमा विद्युत लाइटको प्रयोग गरिएको हो।
ड्रागन व्यावसायी गणेश तुर्छा राईले नेपालमै पहिलो पटक उक्त प्रविधि प्रयोग गरी ड्रागन उत्पादन सुरु गरेका हुन्।
विद्युत लाइट राखेपछि अफसिजनमा पनि ड्रागनको बोटले फल दिन सुरु गरेको उनले बताए। रासस