शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

हिमालयन बैंकको विवाद फेरि अदालतमा

images
सोमबार, कात्तिक १३ २०८०
images
हिमालयन बैंकको विवाद फेरि अदालतमा

बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्‍याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो। यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटकपटक अदालतमा पुगेको थियो।

images
images

काठमाडौं- हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ। बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्‍याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो।

images
images
images

हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालक मध्येका एक सञ्चालकले मुद्दा दायर गरेका हुन्।

images
images

मुद्दामा बैंकका केहि निहित स्वार्थ भएका सञ्चालकहरुले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ।

images
images

यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटक पटक अदालतमा पुगेको थियो।

हिमालयन बैंकमा स्थापना कालदेखि नै नीजि क्षेत्रबाट ४ वटा समुह संस्थापक सेयरधनी मनोज बहादुर श्रेष्ठ, प्रेम प्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन्। यी ४ संस्थापक सेयरधनी बाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण सेयरधनीहरू समेत रहेका छन्।


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend