काठमाडौं- डिशहोमले दसैँको अवसरमा ल्याएको 'एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने' अफरको अवधि मंसिर ३ सम्म थप गरेको छ।
डिशहोम फाइबर नेटले घटस्थापनाको दिन ल्याएको अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए। जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ-जी राउटर पाउने र ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने सुविधा थियो।
दसैँलाई लक्षित गरी कम्पनीले यो अफर ल्याएको थियो। ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएपछि कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको 'फेस्टिभ १२ महिने प्याकेज' अफरलाई छठ पर्वको दिनसम्मका लागि थप गरेको हो।